रोयल्टी वापतको शुल्क तिर्न ताकेता, कोरोना देखाउदै मिनाहाको माग

Written by meropradesh creator

९ श्रावण २०७४, सोमबार

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले  आफ्नो आधार क्षेत्रमा सञ्चालन भएका होटल तथा लजलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ ।  रसुवा , नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लाका केही भूभागमा फैलिएको सो निकुञ्ज क्षेत्र अन्तर्गत लाङटाङ , गोसाइँकुण्ड र  हेलम्बु लगायतका पदमार्गमा  ४० वटा होटल तथा लज रहेका छन् । प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले निकुञ्ज क्षेत्रमा सञ्चालन भएका होटल तथा लजका सञ्चालकलाई वार्षिक शुल्क बुझाउन आग्रह  गरिएको जानकारी दिइन्।

होटल सञ्चालनका लागि शुल्क निर्धारण गरि निकुञ्जले उपयुक्त स्थानका जमिन  उपलब्ध गराएको  र यसमा व्यवसायीले पूर्वाधार निर्माण गर्ने गरिएको बताइएको छ ।  आफ्नो कार्यक्षेत्रमा सञ्चालन भएका ५२ ओटा होटल लज मध्ये विसं २०७२ सालको बिनासकारि भूकम्पले १२ वटा पूर्ण क्षतिभइ सकेका छन् ।  चालिस वटा होटल सञ्चालनमा रहेपनि गत आर्थिक वर्षको असार मसान्त भित्र असुल गरि सक्नु पर्ने राजश्व कोभिड– १९ को असर देखाई व्यवसायीले दाखिला गर्न आनाकानी गरि रहेको  निकुञ्जले जनाएको छ ।

 हिमाली प्राकृतिक छटाको अवलोकन गर्न आउने पर्यटकका लागि एकातर्फ गुणस्तरीय बास र अर्काे तर्फ राजश्व बृद्विमा समेत टेवा पुर्‍याउने उद्देश्यले निकुञ्जका आधार इलाकामा स्थानीय बासिन्दा मार्फत होटल लजको व्यवस्थापन गरिएको  छ ।

 निर्धारित रोयल्टी वापत बार्षिक शुल्क बुझाउन व्यवसायी अग्रसर नभएकै कारण ताकेता गर्नु परेको बताइएको छ ।  गत आर्थिक वर्ष र विगत सालको बक्यौता समेत करिव एक करोड रोयल्टी उठ्न बाँकी रहेकोले छिटो भन्दा छिटो बुझाई जरिवानाबाट जोगिन सवै होटल तथा लज व्यवसायीलाई आग्रह गरिएको  प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिइन् ।

व्यवसायीले भने कोभिड –१९ का कारण आन्तरिक एवं वाह्रय पर्यटकको आगमन नहुदाँ आफूले बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानीबाट तयार गरिएको होटल तथा लज बन्द गरि राख्नु परेकोले रोयल्टी वापतको पुरै रकम मिनाहा हुनुपर्ने माग राखेका छन्  ।  सरकारको निर्णय बिना राजश्व रकम मिनाहा नहुने  निकुञ्जले स्पस्ट पार्दै   यसको जानकारी   व्यवसायीलाई समेत दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको खाना सर्केर ज्यान गएको छ । नगरपालिकाका कर्मचारीहरूले आयोजना गरेको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर ४८ वर्षीय स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । रामेछाप...

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

काठमाडौँ । यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल...

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३०...