ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, द्वारा नवनिर्वाचित पत्रकारहरुलाई सम्मान

Written by meropradesh creator

२८ चैत्र २०७७, शनिबार

रामेछाप । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मन्थलीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । ब्रह्माकुमारी बिष्णु दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला कार्यसमीती, राष्ट्रिय सभा सदस्य प्रदेश सभासदस्य र बागमती प्रदेशका कोषाध्यक्ष सहित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिदै बधाई समेत ब्यक्त गरेका छन ।
सशस्त्र पहरी नायव उपरिक्षक. केशवराज प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २६ औ अधिबेसन बाट बिभिन्न पदमा निर्वाचित पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ब्रह्माकुमारी बिष्णु दिदी, सशस्त्र पहरी नायव उपरिक्षक. केशवराज प्याकुरेल, भरत कुमार श्रेष्ठले पत्रकारहरुलाई देशलाई सहि दिशा दिन कलम चलाउन आग्रह समेत गरेका छन् । पत्रकार देशको चौथो अंगको रुपमा रहेको भन्दै पत्रकारले राष्ट्र र राष्ट्रियतालाई कुन दिशा निर्देश गर्ने भन्ने कुरा पत्रकारको हातमा भएकोले जिम्मेवरी पुर्ण तरिकाले अबका दिनमा अघि बढनु पर्ने समेत बताएका छन् ।
नेपाल पत्रकार माहासंघ बागमती प्रदेशका कोषध्यक्ष रमेश ढुङगेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे राष्ट्रिय सभा सदस्य हिमाल ढुङगेल, प्रदेश सभा सदस्य अप्रिल अधिकारीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धर्म विशेष नभएर शान्ती र शद्भाव दिने विश्व बिद्यालय भएको बताएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले शान्ती र शद्भाब दिदै योग सिकाउदै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भटौलीमा टिफर दुर्घटना १ जनाको मृत्यु

भटौलीमा टिफर दुर्घटना १ जनाको मृत्यु

रामेछाप । जिल्ला सदरमुकाम मन्थली नजिक भटौलीमा आज बिहान टिफर दुघट्ना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बा ०१–००६–३८३९ नम्बरको टिफर पिपल बोट नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घट्नामा परि एक जनाको ज्यान गएको भए पनि...

प्रतिनिधिसभाको बैठक आज बस्दै 

प्रतिनिधिसभाको बैठक आज बस्दै 

काठमाडौँ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्य तालिका रहेको छ । चालु अधिवेशनमा मन्त्रालयहरूबाट प्राप्त भएका सबै...

रामेछापमा वर्षको पहिलो दिन ४ दुर्घटना

रामेछापमा वर्षको पहिलो दिन ४ दुर्घटना

रामेछाप । रामेछाप जिल्लामा वर्षको पहिलो दिन २०८१ साल वैशाख १ गते ४ वटा घटना घटेको छ । शनिवार १ गते खाँडादेवी मन्दिर दर्शन गरेर फर्कने क्रममा गाउँपालिकाको वडा नम्बर ३ मा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । त्यस्तै गरी मन्थली नगरपालिका–१३...