चट्टयाङसहित वर्षाको सम्भावना,

विचार / ब्लग
  • 39
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । आज विहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ररहेको छ भने अन्य भू–भागमा मौसम सफा रहेको छ ।
प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा बेलुकीको समयमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहने तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैबीच, काठमाडौंमा आज अपरान्ह्मा मौसम बदली भए पनि बाँकी समय काठमाडौंको मौसम सफा रहने मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । उनका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३–२५ डिग्री सेल्सियस पुग्ने छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातका साथै मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ ।

Facebook Comments Box

  • 39
    Shares
ad