(पुकार) स्मृति फुटबलको उपाधी प्याराडाइज युथ क्लब खिम्ती लाई

Written by meropradesh creator

३ फाल्गुन २०७७, सोमबार

शहीद विष्णु कार्की (पुकार) स्मृति खुला पुरुष फुटबल प्रतियोगिता २०७७ को उपाधी प्याराडाइज युथ क्लब खिम्तीले जितेको छ । निरधारीत समयमा प्याराडाइज युथ क्लब खिम्ती र ग्रामिण सेवा युवा परिषद् रस्नालु १ बराबरी खेलेपछी पेनाल्टी सुटआउट मार्फत प्याराडाइज युथ क्लब खिम्तीले जित हात पारेको हो । प्रतियोगितामा ग्रामिण सेवा युवा परिषद् रस्नालु द्वितिय भएको छ भने सुर्यदिप युवा क्लब मन्थली तृतिय भएको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारको साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
तत्कालिन नेकपा माओवादीमा आवद्ध भएका नामाडीका विष्णु कार्की जनयुद्धको समयमा तत्कालिन शाही नेपाली सेनाको कारबाहीबाट मारिएपछि शहीद भएका शहीद विष्णु कार्की (पुकर) को स्मृतिमा संचालन गरिएको प्रतियोगितामा प्रथम हुँदै प्याराडाईज युथ क्लब खिम्तीले उपाधी जितेको हो ।


माघ २५ गते देखि सुरु भएर ८ दिन सम्म संचालन भएको प्रतियोगिता फागुन २ गते सम्पन्न भएको छ ।
खेलमा जिएफवाई.सि चित्रे(ए), जिएफवाईसि चित्रे (बि),फर्पु युबा क्लव,ठुलो ओडार नामाडी,डिवाइसि भुजि, प्याराडाइज क्लब खिम्ति, एफएसयुसि किर्ने,बियुसि किर्ने, सुर्यदिय युबा क्लब मन्थली,युएफवाईसि भिमसेनथान रस्नालु, कालिदेबी युबा क्लब सुर्के रस्नालु, एफवाईसि जिरी, आरडब्लुवाइसी,बुर्के रस्नालु, एनवाईसी दुरागाउँ, खिम्तिचण्डेश्वरी माझ गाउँ ओखल्ढुङा, भुजि ८, पासबार युबाक्लब,लिसेखानी युबा क्लब सहभागी रहेका थिए ।
प्रतियोगितामा विजयी हुने टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै जीपी फाउण्डेशन रामेछापका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता दीपक खड्काले आफूसँगै पढेको साथी शहीद हुँदाको दुखद क्षणलाई सम्झदै जुन पार्टीमा लागेर आफ्नो ज्यान दिए त्यो पार्टीले विर्सदै गएपछि नेपाली काँग्रेसको विषेश सहयोगमा उहाँलाई सम्झउने काम भएको बताए । शहीद पुकरका परिवारको अनुरोधमा नेपाली काँग्रेसका विभिन्न तहका नेता र समाजसेवीहरुको सहयोगमा शहीद पुकरलाई चिनाउने गरी प्रतियोगिता सम्पन्न हुदाँ आफूलाई पनि खुसी लागेको नेता खड्काले बताए ।
प्रतियोगिता समापन समारोहको प्रमुख आतिथि समेत रहेका नेता खड्काले शहीद विष्णु कार्की (पुकर) को सपनालाई साकार पार्न आफूहरु सधैं उनको परिवारसँगै रहने प्रतिबद्धता जनाए ।
त्यस्तै कार्यक्रमका विशिष्ट आतिथि रहेका नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सदस्य पदम माझीले समापन समारोहमा बोल्दै सबैले विर्सिसकेको शहीद विष्णु कार्की (पुकर) लाई फुटबल मार्फत चिनाउने प्रयास धेरै राम्रो भएको बताए । यो प्रतियोगिताले शहीद पुकरलाई दोलखा, ओखलढुंगा, रामेछाप लगायतका जिल्लाले कहिल्यै पनि नविर्सने विश्वास व्यक्त गरे ।
शहीद विष्णु कार्की (पुकर) का काइलो भाई भुमिराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनका अर्का माइला भाई केशर कार्कीले देशमा आमूल परिवर्तन गर्छु भन्ने पार्टीमा लागेर ज्यान गुमाएका आफ्ना शहीद दाई पुकरलाई अहिले त्यही पार्टीले चटकै माया मारेको दुख व्यक्त गरे । शहीद भएका आफ्नो दाईलाई सबैले विर्से पनि नेपाली काँग्रेस युवा नेताहरु र गाउँका समाजसेवीले फुटबल मार्फत चिनाउन सहयोग गरेकोमा खुसी व्यक्त गरे । सहयोगी सबैलाई धन्यबाद समेत दिए ।


२०६० साल माघ २५ गते तत्कालिन शाही नेपाली सेना बाट मारिएका पुकारको स्मृतिमा त्यहि दिन पारेर माघ २५ गते नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका थिए । उत्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष खड्काले शहीदको नामबाट आयोजना हुने प्रतियोगिताले शहीद विष्णु कार्की (पुकर) लाई सबैले चिन्ने विश्वास व्यक्त गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

रामेछाप । तामाकोशि सेवा समिति मन्थली, मेयर ध्वज सेवा समिति रामेछाप नगरपालिका ८ भँगेरी र मारवाडी सेवा समिति काठमाडौँले रामेछापका १३ घर आगलागी पीडितलाई सहयोग गरेको छ । रामेछाप नगरपालिका–९ टारका १३ घर आगलागी पीडितहरूलाई सिरक ,ग्याँस,ग्याँस सिलिन्डर चामल लगायत विभिन्न...

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ ।  स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ ।  देशभर...

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो । सुनापती...