रामेछापको गेलुमा गाडी दुर्घटना, ५ जना घाइते, एकको अवस्था गम्भिर

Written by meropradesh creator

२७ पुष २०७७, सोमबार

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं–११ गेलुको दधिनी भन्ने स्थानमा सोमवार साँझ बा १८ च ६९४३ नम्वरको सिङ्गल क्याभ बलेरो गाडी दुर्घटना हुँदा गाडीमा सबार ५ जना घाइते भएका छन् ।
घाइते मध्ये एकको अवस्था गम्भिर रहेकाले निजको घटनास्थलवाट उद्धार गरी सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचारको लागि एम्वुलेन्स मार्फत पठाइएको मन्थली नगरपालिका वडा नं–११ गेलुका वडा सदस्य जितवहादुर तामाङ्गले जानकारी दिए ।
उनका अनुसार– घटनामा परि मन्थली नगरपालिकाका वडा नं–११ का तुलाध्वज मगर, बालकुमार अच्छामी मगर र टंकबहादुर अच्छामी मगर रहेका छन् । त्यस्तै मन्थली नगरपालिका वडा नं–१० का ललितबहादुर मगर र भिमवहादुर पुलामी मगर रहेका छन् । घाइते मध्ये भिमबहादुर मगरको अवस्था गम्भिर रहेको वडा सदस्य तामाङ्गले बताए ।
मन्थली नगरपालिकाको वडा नं–११ गेलुको नाटिलाबाट सोही वडाको डाँडागाउँ तर्फ जादै गरेको उक्त गाडी मन्थली नगरपालिकाको दधिनी भन्ने स्थानमा सडकवाट करिव ३५ मिटर तल भिरमा खसेको थियो । हाल घाइतेहरु मध्ये ३ जनालाई घटनास्थलवाट उद्धार गरी उपचारको लागि एम्वुलेन्स मार्फत मन्थली पठाइसकिएको र बाकी २ जनालाई पठाउन थप एम्वुलेन्स झिकाइएको वडा सदस्य तामाङ्गले जानकारी दिए ।
घटनाको जानकारी पश्चात मन्थलीवाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ । घटनास्थल पुगेको प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान थालेको जनाएको छ । गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

रामेछाप । तामाकोशि सेवा समिति मन्थली, मेयर ध्वज सेवा समिति रामेछाप नगरपालिका ८ भँगेरी र मारवाडी सेवा समिति काठमाडौँले रामेछापका १३ घर आगलागी पीडितलाई सहयोग गरेको छ । रामेछाप नगरपालिका–९ टारका १३ घर आगलागी पीडितहरूलाई सिरक ,ग्याँस,ग्याँस सिलिन्डर चामल लगायत विभिन्न...

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ ।  स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ ।  देशभर...

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो । सुनापती...