रामेछापका कार्यालय प्रमुखहरूको मनपरी अब अन्त्य हुन्छ – राज्यमन्त्री कान्छाराम

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले रामेछापका कार्यालय प्रमुखहरूको मनपरी अब अन्त्य हुने बताउनु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) रामेछापको २५ औँ स्थापना दिवसको उद्घाटन गर्दै रामेछापका अधिँकास कार्यालय प्रमुखहरूको मनपरी अब अन्त्य हुने बताउनु भएको हो ।

रामेछापका कार्यालय प्रमुखहरू कार्यालय भन्दा बढी घरमा बस्ने र कार्यालयको काम नगर्ने काम लिएर गएका नागरिकले सोधेको अवस्थामा फिल्डमा रहेको जवाफ दिने गरेको बताउनु भएको छ । साथै रामेछापका कार्यालय प्रमुखहरूले अत्यधिक सवारी साधनको दुरुपयोग गरेको भन्दै त्यसको विरोध समेत गर्नु भएको छ । रामेछाप बाट प्रत्येक शुक्रवार २० वटा भन्दा बढी सरकारी सवारी साधन काठमाडौँ जाने र आइतबार र सोमबार मात्र जिल्ला फर्कने गरेको बताएका छन् । प्रत्येक हप्ता लाखौँको इन्धन खर्च गरेरकार्यलय प्रमुखहरू घर जाने प्रचलन अन्त्य हुन पर्ने बताउनु भएको हो ।

साथै मन्त्री कान्छारामले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकास गरी देश विकासका लागि काँग्रेस र एमालेले मिलेर सरकार बनाएको बताउनु भएको छ । ‘‘आज देशका ठुला पार्टीहरू नेकपा एमाले र नेपाली काँग्रेस देश बनाउनुपर्छ भनेर लागेका छन् । जनताको चाहना अनुसार मुलुकको विकास गरी समृद्ध बनाउन सकिएन । जसका कारण जनताले धेरै दुःख पाए । अब देश बनाउन दुई वटा ठुला पार्टी मिल्नुको विकल्प छैन भनेर अहिलेको सरकार बनेको हो । अब यो सरकारले जनचाहना अनुसार विकास गर्छ ।”

अहिले दुई वटा ठुला पार्टी मिलेर सरकार चलाउँदा देश विकासले गति लिन्छ भन्ने सबैमा सकारात्मक भावनाको विकास भएको राज्यमन्त्री तामाङको भनाइ छ ।

जिम्मेवारी लगायत अन्य कुराहरूका हिसाबले प्रधानमन्त्री कार्यालय पछि दोस्रो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय भएको बताउँदै राज्यमन्त्री तामाङले यो मन्त्रालयले धेरै काम गर्न सक्ने बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणमा लामो समयदेखि ३ हजार ७ सय भन्दा बढी करारका कर्मचारीहरूले काम गरिरहेको भए पनि उनीहरूको सेवा सुविधा लगायतका बारेमा भएका सहमति समेत कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । रामेछाप जिल्लाको विद्युतीकरणलाई नाङ्गा तार रहित बनाउनका लागि पनि आफू लागि पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “रामेछाप जिल्ला अहिले ६० प्रतिशत नाङ्गो तार रहित बनिसकेको छ । अब ४० प्रतिशत ठाउँहरूमा अझै नाङ्गो तार छ । यसलाई पनि चाँडो भन्दा चाँडो नाङ्गो तार रहित बनाउन आवश्यक योजना सहित लागिपरेको छु । यो काम पनि चाँडै हुन्छ ।”

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...