दोस्रो मेयर कपको उपाधि मन्थली–११ नाटीलालाई

रामेछाप । मन्थली नगरपालिका द्वारा आयोजना गरिएको दोस्रो मेयर कप पुरुष भलिवल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ नाटीलाले हात पारेको छ । मन्थली नगरपालिका–७ भटौलीलाई ३–१ ले हराउदै मन्थली–११ नाटीलाले जित हात पारेकोे हो । २५ गते देखी जिल्ला समन्वय समितीको खेल मैदानमा भएको खेलमा १५ टिमको सहभागिता रहेको थियो । १५ टिमलाई पछि पार्दै मन्थली […]

बाँकी अंश

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको तयारी पुरा

रामेछाप । रामेछापमा प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद बिकास समिति दोरम्बा– २, को आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुन लागेको हो । खेल दोरम्बा गाउँपालिका–२ रामेछापमा हुनेछ । प्रतियोगितामा सहभागी टीमले बैंक खाता नं.९०१०१००००८६० मा शुल्क तिरेर टिम दर्ता गर्न सकिने […]

बाँकी अंश

उपाधी सुनापती १ गुन्सीको पोल्टामा

रामेछाप । दोरम्बा गाउँपालिका –६ लखनपुरमा भएको खुल्ला जिल्ला स्तरिय पुरुष भलिवलको उपाधी सुनापती गाउँपालिका –१ गुन्सीले आफ्नो पोल्टामा पारेको छ । १६ गते भएको फाइनल खेलमा प्रतिस्पर्धि टिम सुनापती २ दिमिपोखरीलाई ३–२ को सेटमा पराजित गर्दै गुन्सी उपाधि हात पार्न सफल भएको हो । यस्तै आयोजक कालिका युवा क्लबलाई ३–० को सोझो सेट पराजित […]

बाँकी अंश

गुन्सी र दिमिपोखरी फाईनलमा

रामेछाप । कालिका युवा क्लब दोरम्बाले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा सुनापती गाउँपालिका वडा नं १ गुन्सी र वडा नं २ दिमिपोखरी प्रवेश गरेको छ । दोरम्बा गाउँपालिका संगको सहर्कायमा आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेलमा सुनापती गाउँपालिका वडा नं १ गुन्सिले दोरम्बा गाउँपालिका वडा नं ५ […]

बाँकी अंश

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी काकलिङ मावि लाई

रामेछाप, दोरम्बा गाउँपालिकाद्धारा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी काकलिङ मावि दोरम्बाले हातपारेको छ । काकलिङ माध्यमिक विद्यालय दोरम्बाले ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड उचालेको हो । प्रतियोगितामा दोरम्बा गाउँपालिका अन्तर्गतका ९ वटा माध्यमिक विद्यालयहरुले भाग लिएका थिए । नौ वटा माविलाई पछी पार्दै काकलिङ […]

बाँकी अंश

सुर्के माविलाई पराजित गर्दै काकलिङ माविको हातमा उपाधि

रामेछाप– दोरम्बा गाउँपालिकाद्धारा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सुर्के माविलाई पराजित गर्दै महिला भलिबलतर्फको खेल काकलिङ माविले हात पारेको छ । महिलातर्फको भलिबल प्रतियोगिता अन्तर्गत काकललिङ माध्यमिक विद्यालयले सुर्के माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । त्यसैगरी गरी काराँतेतर्फ भएको खेलमा ४० केजी समूहमा काकलिङ माध्यमिक विद्यालय दोरम्बाका […]

बाँकी अंश

सुविधा सम्पन्न कबर्ड हल बन्दै

रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरमा सुविधा सम्पन्न कबर्ड हल निर्माणको काम शुरु भएको छ । १ सय ९ फिट लम्वाई र ८६ फिट चौडाई रहने कवर्ड हल भित्र भलिबल मैदान, फिटनेश (जिम) कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहने रामेछाप नगरपालिकाका इन्जीनियर कुशुम भट्टराईले जानकारी दिए । संघीय सरकारको समपुरक कार्यक्रम […]

बाँकी अंश

अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ मा रामेछापलाई ५ स्वर्ण सहित ७ पदक

छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ मा रामेछापले ५ स्वर्ण सहित ७ पदक जित्न सफल भएको छ । काठमाण्डौको ठमेलमा रहेको डोजोमा आयोजना भएको छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ प्रतियोगितामा भारतको चार प्रान्त र नेपालका ६ जिल्ला गरी जम्मा १० टिम सहभागी रहेको थियो । भारतको चार प्रान्त र नेपालका ६ जिल्लाका खेलाडी बीच शुक्रबार र शनिबार भएको […]

बाँकी अंश

तान डोरी प्रतियोगिताको उपाधी मन्थलीलाई

रामेछाप– जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजना गरेको (टग अफ वार) तान डोरी प्रतियोगिताको उपाधी मन्थली नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समिति रामेछापले जिल्लामै पहिलो पटक आयोजना गरेको (टग अफ वार) तान डोरी प्रतियोगितामा जिल्लाका ८ स्थानीय तहबाट ८ टिम सहभागि भएको थियो । प्रतियोगितामा खाँडादेवीलाई पछि पार्दै मन्थली नगरपालिकाले जित हात […]

बाँकी अंश

सर्वोत्कृष्ट खेलाडीलाई ‘बुलेट बाइक’

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघले हेटौंडामा आयोजना गरेको स्थानीय तह शहिद स्मृृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद ५० हजार र ‘बुलेट बाइक’ पाउने छ । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद सहित हेटौंडा स्कुल अफ म्यानेजमेन्टको […]

बाँकी अंश