अदालतले आजदेखि सेवा कटौती गर्ने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने सर्वोच्च अदालतले निर्णय गरेको छ । प्रधानन्यायाधीश सहित न्यायाधीशहरूको बसेको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्त सम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने सर्वोच्च अदालतको मङ्गलबार बसेको बैठकले निर्णय गरेको छ। कोभिड–१९ को सङ्क्रमण अवधिभर (वैशाख […]

बाँकी अंश

कोरोना फ्रन्टलाइनमा काम गर्ने रामेछापका २२१ स्वास्थ्यकर्मीले रकम पाएनन्

रामेछाप । अघिल्लो वर्षको कोरोना जोखिम मोलेर फ्रन्टलाइनमा काम गर्ने रामेछापका २ सय २१ जना स्वास्थ्यकर्मीहरुले एकरुपैयाँ पनि जोखिम भत्ता पाउन सकेका छैनन् । कोरोनाको जोखिम मोलेर नागरिकहरुको उद्धारमा खटिएका रामेछापका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता रकम पाउन नसक्दा उनीहरु दुःखित भएका छन् । अघिल्लो पटक आफ्नै ज्यानको बाजी थापेर अघिल्लो पक्तिंमा बसेर रातदिन नभनी काम गरेका […]

बाँकी अंश

दुर्गम गाउँ गौश्वारामा खानेपानी

रामेछाप । खानेपानी डिभिजन कार्यालय रामेछापले सदियौ देखी खानेपानीको समस्या झेल्दै आएका जिल्लाको पश्चिमी क्षेत्र अन्तर्गत विकट मानिने गौश्वाराको ट्याक्सीनमा बसोवास गर्ने ५० घरधुरी उपभोक्ताहरुलाई घरघरमा नै खानेपानी सुविधा पुर्याएको छ । दोरम्वा गाउँपालीका वडा नं ४ गौश्वारा अन्तर्गत रुकमनी सानो शैलुङ्ग, पाखाखोला र टुनिखोला गरी तीनवटा मुहानबाट पानी संकलन गरी रातामाटा डाँडामा १४ हजार […]

बाँकी अंश

मध्यपहाडीको काम समयमा नसक्दा दैनिक ४० हजार जरिवाना तिर्दै व्यवसायी

रामेछाप । रामेछाप भित्र पर्ने मध्यपहाडी राजमार्गको ४५ किलोमिटर सडक निमार्ण गर्ने जिम्मा लिएका निमार्ण व्यवसायीले सम्झौता गरेको समयसिमामा सम्पन्न गर्न नसक्दा दैनिक ४० हजार रुपैयाँ जरिवाना तिर्दै सडक निमार्णमा जुटेका छन् । रामेछापभित्र पर्ने मध्यपहाडी सडक खण्डको काम गर्ने गरि निमार्ण व्यवसायीले २०७३ साल असारमा आयोजना कार्यालयसँग ठेक्का सम्झौता गरि निमार्ण कार्य शुरु गरेका […]

बाँकी अंश

दोलखाका सासंदले पिसिआर मिसिन ल्याए अब कोरोना परिक्षण चरिकोटमा

रामेछाप । दोलखा जिल्लाको चरिकोटमा सांसदहरुले पिसिआर मिसिन ल्याएका छन् । धुलिखेल अस्पताल र टेकु अस्पतालमा कोरोना परिक्षण गर्न लैजान र ल्याउन समस्या हुनका साथै रिपोट आउन समेत समस्या हुने भएको भन्दै सांसदहरुले पिसिआर मेसिन खरिद गरेका हुन । प्रतिनिधी सभाका तिन जना सांसदहरुले पचास हजारको दरले बजेट विनियोजन गरी पिसिआर मिसिन जिल्लामा ल्याएका हुन् […]

बाँकी अंश

विनाशकारी भूकम्पको ६ वर्षमा रामेछाप

रामेछाप ः रामेछाप मात्र हैन नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ । विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको हो । मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव […]

बाँकी अंश

डेरी व्यवसायीद्वारा एक पक्षीय दुधको मूल्यमा बृद्धि, किसान भने मारमा

रामेछाप । रामेछापका दुग्ध डेरी ब्यवसायीहरुले एकपछिय ढंगले दुधको मुल्य अकस्मात बृद्धि गराएपछि उपभोक्ता र किसान दुवै मारमा परेका छन् । ब्यवसायीले दुधको मुल्य बृद्धि गरेर उपभोक्ताहरुलाई ढाड सेक्ने गरी एकपक्षिय रुपमा मूल्य बृद्धि गरेपनि किसानहरुलाई दिने मूल्य भने व्यवसायीहरुले बढाएका छैनन् । रामेछाप दुग्ध संकलन बिक्री तथा चिस्यान केन्द्रका सञ्चालक किशोर पौडेल र चिरञ्जीबी […]

बाँकी अंश

रामेछाप उद्योग वाणिज्य संघ सम्मानीत

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ नेपाल लाई उद्योग वाणिज्य महासंघले सम्मान गरेको छ । उद्योग वाणिज्य महासंघको ५५औ साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा रामेछाप शाखालाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको हो । उद्योग व्यापार व्यवसायको विकास र प्रवर्धनमा वाग्मती प्रदेशवाट ‘ख’ बर्गका उद्योग वाणिज्य संघहरु मध्ये उत्कृष्ट कार्य गरे […]

बाँकी अंश

वडा सदस्य र विद्यालयका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम झ्वाम्म

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ भटौंलीमा रहेको कालिकादेवी आधारभूत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र वडा सदस्यको मिलेमतोमा किर्ते विल भर्पाई बनाई बिद्यालयको पैसा झ्वाम्म पारेको भन्दै उनीहरु बिरुद्ध स्थानिय अभिभाबकहरु समेतले अख्तियारमा उजुरी दिएका छन् । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश बुढाथोकी र मन्थली नगरपालिका वडा नं–७ का वडा सदस्य खड्कबहादुर बुढाथोकीले […]

बाँकी अंश

सुनकोसी–मरिन ड्राइभर्सनको काम सुरु  मुअब्जा बितरणको तयारी

रामेछाप । राष्ट्रिय गौरवको सुनकोसी–मरिन ड्राइभर्सन आयोजनाको काम सुरु भएको छ । खन्न सुरु गरेको २७ महिनाभित्र १३.३ किलोमिटर सुरुङ सम्पन्न गर्ने लक्ष्यको साथ काम अगाडि बढाउन लागिएको आयोजनाले बताएको छ । मध्य तराईको जमिनमा सिचाइँ पु¥याउने मुख्य उदेश्य सहित सरकारले उच्च प्राथमिकताको साथ आयोजनाको काम अगाडि बढाएको छ । सुनकोसी मरिन ड्राइभर्सन आयोजनाका प्रमुख […]

बाँकी अंश