नेपाली सेनामा खुल्यो भर्ना

समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । । सेनामा भर्ना हुन चाहनेले माघ २१ गतेसम्म दिन सक्ने छ । यदि माघ २१ गते सम्म दरखास्त दिन नसकेको खण्डमा भने दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म दरखास्त बुझाउन सकिने जङ्गी अड्डाले जनाएको छ ।
भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमलदार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सूचिकार, कुचीकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सय पदहरूमा भर्ना खुल्ला गरेको जनाएको छ ।


सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त आह्वान गरिएको बताइएको छ । यसै गरी अमलदार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरेको छ ।
लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकेको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ । नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारम वितरण र सङ्कलनको व्यवस्था मिलाइएको जंगीअड्डाले सुचनामा उल्लेख गरेको छ ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad