बेथानमा २४ औं वीरता दिवस मनाइयो

प्रदेश २ राजनीति

रामेछाप, २०५३ साल पुस १९ गते प्रहरी चौकी कब्जा गर्ने क्रममा तत्कालिन नेकपा माओवादीका तीर्थ गौतम, फत्त बहादुर स्लामी र दिलमाया बमजन ले ज्यान गुमाएका थिए । सोहि दिन अर्थात पुस १९ गते लाई विरता दिवसको रुपमा तत्कालीन माओवादीले विरता दिवस मनाउदै आएको थियो । सोहि घटनाको सम्झनामा आज नेकपा प्रचण्ड–नेपाल समुहले सुनापती गाउँपालिका–४ बेथानमा २४ औं वीरता स्मृति दिवस मनाएको छ । वीरता दिवसको अवसरमा बेथानको चौकी आक्रमण गर्ने क्रममा शहीद भएका तीन जना शहीदको अर्धकदको शालिक समेत अनावण गरेको छ ।

सालिक अनावरण गर्दै नेकपाका बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले बेथानमा बगेको रगतबाट प्राप्त उपब्धि माथि कुठारा घात भएको भन्दैे असंवैधानिक कदमका विरुद्ध शसक्त रुपमा प्रतिवाद गरिने बताएका छन् । त्यसतै कार्यक्रममा बोल्दै नेकपाका नेता गंगा कार्कीले बेथानमा बगेको रगतबाट अहिलेको परिवर्तन सम्भव भएको बताउदै अहिले सो अधिकार कुण्ठित पार्न खोजेको भन्दै वलीको विरोध गरेका थिए
उक्त कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज एवं प्रतिनिधी सभा सदस्य श्याम कुमार श्रेष्ठ, प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई, नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, सचिव शान्ति पौडेल, नेकपाका नेता टंकलाल घिसिङ, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box
ad