गोविन्द खडका पुनः पक्राउ

समाज

रामेछाप । लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका पुनः पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा जेलमा रहेका खडकालाई उच्च अदालत पाटनले थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतको फैसला संगै परिवारले अदालतले माग गरेको पाँच लाख धरौटी बुझाएर रिहा गर्ने क्रममा अदालत परिसरबाटै जिल्ला प्रहरी कार्यालय रामेछापले पुनःपक्राउ गरेको हो ।
खडकालाई अहिले सम्पत्ती शुद्धिकरण मुद्दामा पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताएका छन् ।
खड्कालाई गत साउनको अन्तयमा जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत रामेछापले पुर्पपक्षको लागि जेल पठाउने फैसला गरेको थियो । उक्त फैसलाप्रति असहमति जनाउदै खडकाले उच्च अदालत पाटकमा मुद्दा दायर गरेका थिए

Facebook Comments Box
ad