थाक्लेमा शहरी स्वास्थ्य केन्द्र खुले संगै,स्थानीय खुसी

प्रदेश ३ स्वास्थ्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्रको बुधबार उद्घाटण भएको छ । स्थानिय स्थरमानै स्वास्थ्य केन्द्र स्थापना भए संगै स्थानिय खुसी भएका छन् । स्वास्थ्यमा केही समस्या हुँदा घण्टौ लगाएर साँघुटार बजार पुग्नु पर्ने बाध्यता आफ्नै घरछेउमा शहरी स्वास्थ्य केन्द्र बनेपछि सँधैका लागि हटेको उनिहरुको भनाई रहेको छ ।

बुधबार शहरी स्वास्थ्य केन्द्र उद्घाटण गर्दै रामेछाप नगरपालिकाका नगर उपप्रमुख सृजना खड्काले साँघुटरको माथिल्लो भाग र देउरालीको केही भागका स्थानीयले सहज रुपमा स्वास्थ्य उपचार पाउन भन्ने उदेद्दश्यले शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेको बताइन ।
आफूहरु निर्वाचित भएर जिम्मेवारी समाले संगै नागरिकको स्वास्थ्य प्रति आफुहरु संवेदनशिल बनेको भन्दै नगरपालिकाले प्राय सबै वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिसकेको उल्लेख गरेका छन् । आफुहरु नागरिकको स्वास्थ्य प्रति संवेदनशिल भएर काम गरेको भन्दै उपप्रमुख खड्काले स्वास्थ्य र समयको बचतको लागि पायक पर्ने ठाउँमा शहरी स्वास्थ्य केन्द्र खोलेको बताइन ।
नगरको अन्य वडाको दाँजोमा साँघुटारका नागरिकमा स्वास्थ्यको पहुँच निकै राम्रो भएकाले शहरी स्वास्थ्य केन्द्र स्थापनाले थप सहयोग पु¥याउने उपप्रमुख खड्काको भनाई रहेको छ । वडाका सबै नागरिकलाई विकासको मुल प्रवाहमा ल्याउनको लागि नगरपालिकाले विभिन्न योजना बनाएर अगाडि बढीरहेको र थप समस्या भए नगरमा ल्याउन समेत उपप्रमुख खड्काले आग्रह गरिन ।
त्यस्तै कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले शहरी स्वास्थ्य केन्द्र खुलेपछि वडाका अशक्त, जेष्ठ नागरिक, गर्भवती महिला र सामान्य विरामी भएका नागरिकहरु बढी लाभन्वित हुने बताए । नेपालको संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलकि हकका रुपमा उल्लेख भएपनि व्यवहारिक रुपमा नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा नपाएकाले शहरी स्वास्थ्य केन्द्र मार्फत नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य केन्द्र खोलिएको प्रमुख प्रशासकीय अधिकृत लामगादेको भनाई रहेको छ ।
स्थानीयबासीको समस्यालाई चाँडो भन्दा चाँडो समधान गर्नको लागि अहिले व्यक्तिको घर भाडामा लिएर थाक्लेमा शहरी स्वास्थ्य केन्द्र राखिएको भएपनि चाँडै साँघुटारको माथिल्लो भाग र देउरालीका केही भागका नागरिकहरुलाई पायक पर्ने ठाउँमा घर बनाएर सेवा प्रवाह हुने गरी काम गरिने वडा नं ३ का वडाध्यक्ष भुपलराज श्रेष्ठले बताए ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad