अघिअघि कान्छाराम–पछिपछि ढुंगेल

प्रदेश ३ बिशेष राजनीति समाज

रामेछाप । एउटा मात्रै प्रतिनिधिसभा रहेको रामेछापमा लोकतान्त्रीक गठवन्धन तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) ले १३ हजार २ सय ९६ मत ल्याएर अग्रस्थानमा रहेका छन् ।

उनको पछिपछि नेकपा एमालेका कैलाश ढुंगेल रहेका छन् । उनले ९ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् । कान्छारामले ढुंगेललाई ३ हजार ३ सय २४ मतले पछि पारेका छन् । त्यस्तै प्रदेशससभा तर्फ प्रदेशसभा क मा नेकपा एमालेका शान्ति प्रसाद पौडेल ११ हजार ४ ल्याएर अग्र स्थानमा छन् । यसैगरी लोकतान्त्रीक गठवन्धन तर्फका माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठले १० हजार १ सय ८२ मत ल्याएर पौडेललाई पक्षाई रहेका छन् ।

त्यसैगरी प्रदेससभा सदस्य पदमा राप्रपाका हिक्मत वहादुर सुनुवारले २ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै एकिकृत समाजवादी पार्टीका उम्मेदवार रमेश कुमार वस्नेतले ८ सय मत प्राप्त गरेका छन् । मतगणना अहिले पनि जारी रहेको छ ।

Facebook Comments Box