रामेछापमा कांग्रेस उम्मेरद्वार कान्छारामको अग्रता

Uncategorized

रामेछाप । रामेछापमा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरद्वार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार कैलाश ढुङ्गेललाई ९ सय २९ मतले पछि पार्दै कांग्रेसले अग्रता लिएको छ ।

जम्मा ४ हजार ७ सय ८९ मत गणना गर्दा कान्छाराम तामाङ्गले ९ सय २९ मतले अग्रता लिएको छ । कांग्रेस उम्मेरदवार तामाङ्गले २ हजार ४ सय ४७ मत ल्याउदा एमाले उम्मेरदवार ढुङ्गेलले १ हजार ५ सय १८ मत प्राप्त गरेको छ । त्यस्तै गरी राप्रपाले २ सय ८३ नेकपा एसको १६ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ । यो मत उमाकुण्ड गाउँपालिका १,२,३ र ४ सम्मको हो ।

Facebook Comments Box