मतदान गरेर फर्कदै गरेका बृद्धको ज्यान गयो

बिशेष समाज

रामेछाप । मतदान स्थलमा मत खसालेर मतदान स्थलवाट बाहिर निस्कदै गर्दा अचानक बेहोस भएर ढलेका एक बृद्धको ज्यान गएको छ ।

लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ७१ बर्षिय ठग बहादुर सुनुवारको ज्यान गएको हो । उनी सोही गाउँपालिकाको वडा नं ४ मा रहेको भृङ्गेश्वर मावि कोटगाउँ मदान केन्द्रमा मतदान गरेका थिए । मतदान पछि घेरावारबाट बाहिर निस्कदै गर्दा उनी अचानक वेहोस भएर पछारिएका थिए ।

उनलाई सुरक्षाकर्मी र आफन्तले उद्धार गरि उपचारको लागि स्वास्थ्य चौकी तर्फ लैजादै गर्दा बिच बाटोमा नै ज्यान गएको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महतले जानकारी दिए ।

 

Facebook Comments Box