प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष लगे संगै नेपाल पत्रकार महासंघले संसद विघटन प्रस्ताव कार्यान्वयन नगर्न राष्ट्रपति ्लाई आग्रह गरेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै सो सिफारिस संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि बज्रपात हुन पुग्ने भन्दै कार्यान्वयन नगर्न राष्ट्रपति ्लाई आग्रह गरेको छ ।
‘प्रधानमन्त्री ओलीको यो कदम २०६२र०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरूद्ध भएको नेपाल पत्रकार महासंघको ठहर छ,’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रधानमन्त्रीको उक्त संविधान विपरीतको सिफारिस कार्यान्वयन नगर्न सम्माननीय राष्ट्रपतिसँग आग्रह गर्दछ ।’त्यस्तै, सम्पूर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूलाई यसको विरोध गर्न महासंघले आग्रह गरेको समेत गरेको छ ।

संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न नेपाल पत्रकार महासंघ द्धरा राष्ट्रपतिलाई आग्रह
Facebook Comments Box