ने.वि.संघ रामेछाप अध्यक्षमा बुढाथोकी

प्रदेश ३ राजनीति शिक्षा

रामेछाप । नेपाल बिद्यार्थी संघ (ने.बि संघ)रामेछापको जिल्ला अध्यक्षमा बिनोद बुढाथोकी चयन भएका छन् । ने.बि संघ रामेछापका जिल्ला सचिब समेत रहेका बुढाथोकीलाई तिन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी दिएको हो ।

लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ नागदहका बुढाथोकीलाई २०७९ साल असोज १७ गते केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाले जिल्ला अध्यक्षको जिम्मेवारी दिदै तिन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्न समेत भनेको छ । ११ बर्ष देखी जिल्ला अधिबेशन हुन नसकेको र बिधानमा ३२ वर्षको उमेर हदबन्दी कायम गर्न पर्ने भएकोले केन्द्रिय समितीले नयाँ नेतृत्व चयन गरेको हो । २०६४ सालमा नबर्दशन मा वि तिल्पङ्ग बाट नेपाल बिद्यार्थी संघका सदस्य लिएका बुढाथोकी सोहि बिद्यालयका इकाई सभापती हुदै जिल्ला सचिब भएर काम गरिसकेका छन् ।

जिल्ला अध्यक्षको जिम्मेवारी पाए लगतै बुढाथोकीले पार्टी कार्यलयमा बिहिबार पत्रकार सम्मेलन गरी तिन महिना भित्र जिल्ला अधिबेशन जसरी पनि गर्ने बताए । बुढाथोर्कीले आजका दिन बाटै आफु अधिबेशन केन्द्रित भएर काम गर्ने र तिन महिना भित्र जुनसुकै अवस्थामा पनि जिल्ला अधिबेशन सम्पन्न गर्ने बताए । बुढाथोकीले संघको विधि विधान र संघलाई थप गतिशिल बनाउने र तिन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने बताए । अब हुने अधिबेशनमा आफ्नो उम्मेरद्वारी र दाबी नरहने समेत बुढाथोकीले बताए ।

Facebook Comments Box