११ लाख भन्दा बढी नगद सहित फरार भए ममता शेख

अर्थ प्रदेश ३ समाज

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको गुप्ता बस्त्रालयमा कार्यरत ममता शेख नगद ११ लाख ५० हजार नगद सहित ७० हजारको चेक र एन एक्स बाइक लिएर फरार भएका छन् । जिल्ला सदरमुकाम मन्थलीमा गुप्ता बस्त्रालयमा कार्यरत भारतिय नागरिक शेखले बजारमा उठ्न पर्ने रकम उठाएर फरार भएको बस्त्रालयका सञ्चालक राकेश गुप्ताले बताए ।

शेखलाई केहिदिन अघि पसलको उठ्न पर्ने रकम उठाउन बागमती पदेश ०२ ०१६ प ७२७७ नम्बरकाे मेटरसाइकल िदएर नामाडी बेताली रस्नालु हुदै जिरी चरिकोट सम्म सञ्चालक गुप्ता आफैले मटरसाइकल दिएर पठाएका थिए । उनले उक्त स्थान बाट उठ्न पर्ने रकम उठाएर फरार भएको बस्त्रालयका सञ्चालक गुप्ताले बताएका छन् । बस्त्रालयका सञ्चालक गुप्ताले जिल्ला प्रहरी कार्यालय रामेछापमा समेत उजुरी दिएको बताए । शेखले तिन दिन देखी मोबाइल अफ गरेर गाएब भएका छन् ।

Facebook Comments Box