माझी समुदायले कुटेर गरे महिलाको हत्या, एकको अवस्था गम्भिर

प्रदेश ३ बिशेष समाज

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुशी नभएको भन्दै आइतवार भेला भएका माझी समुदायले कुटेर स्थानिय ५५ बर्षिय बिबि माझीको हत्या गरेका छन् ।

त्यसैगरी माझीहरुको कुटाईवाट मृतककी ७० बर्षिय आमा सुनमाया माझीको अवस्था गम्भिर रहेको छ । उनलाई घटनास्लवाट उद्धार गरि हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए

उनका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा ७ जना महिला सहित २२ जनालाई प्रक्राउ गरिएको छ । प्रक्राउ परेका सबैजनाले आफुले मृतकलाई कुटपिट नगरि पितृ खुशी नभएको कारण पितृले नै आएर कुटपिट गरि मारेको भन्दै बयान दिएका छन् । सो घटनाको बिषयमा थप अनुसन्धान लिन उपरीक्षक थिङकै नेतृत्वमा संचारकर्मी सहितको टोली सोमवार घटनास्थल तर्फ गएको छ ।

घटना विवरणः
सोह्रश्राद्ध माझि समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व हो । उनीहरुको संस्कार अनुसार सोह्रश्राद्धमा मरेका पितृहरुलाई (नदी) घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शरिमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरिरमा पस्ने गर्छ भन्ने विश्वास उनीहरुमा रहेको छ । जसको शरिरमा पितृ पस्ने वित्तिकै ऊ काम्ने गर्दछ्, घाटवाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोली पल्ट एकदिन सत्कार सहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने (नदीमा) चलन   छ ।

नदीमा बगाउने बेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरुको शरिरमा पितृ खुशी हुन्छन् भन्ने विश्वास माझी समुदायको रहेको छ । यो सँगै उनीहरुको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर यसपटक भने बिगत वर्षको जस्तो भएन । पितृलाई बगाउँदा समेत काम्ने व्यक्तिलाई पितृले नछाडदा कामी नै रहे । उनीहरुले पितृले गर्दा कामन नछोड्नुमा यसको दोषी गाउँकै बिबि माझी रहेको निष्कर्ष  युवायुवतीले निकाले ।

सोही निष्कर्ष सँगै उनीहरु बिबि र उनकी आमा सुनमाया माझी बसिरहेको घरमा कामदै पुगे र बिबिलाई चामलको अक्षताले हान्दै कुटपिट गर्न थाले । त्यही समयमा घुम्दै एउटा बिरालो बिबिको घरमा आइपुग्यो । माझी युवायुवतीले उक्त विरालो समाते त्यही काटेर आँगो बालेर त्यही घटनास्थलमा नै पोले । त्यती बेलासम्म बिबिको मृत्यु भइसकेको थियो । उनीहरुले बिबि माझी बोक्सी भएको र उसको शरिरवाट बिरालो उत्रिएकाले बिरालो काटेपटि बिबि मरेकी निष्कर्ष उनीहरुले निकाले ।

छोरीको मृत्यु भएपछि उनकी ७० बर्षिय आमा सुनमायालाई घरवाट आँगनमा निकालेर युवायुवतीले कुटपिट गर्न थाले । सो घटनाको बिषय स्थानियले जानकारी पाएसँगै उनीहरु घटनास्थल पुगे । घटनास्थल पुुगेका स्थानियले उद्धार गर्न नसकेपछि उनीहरुले प्रहरीमा खबर गरेका  थिए । घटनाको जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरीले पहिलो पटक उनीहरुलाई नियन्त्रण लिन सकेन । बल्लतल्ल प्रहरीको दोश्रो प्रयासमा सुनमायाको उद्धार गर्न सफल भयो । सो घटनामा संम्लग्न भएका १८ जनालाई घटनास्थलवाटै नियन्त्रणमा लियो र थप ४ जनालाई सोमवार नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर थप अनुसन्धान अघि वढाएको छ ।

प्रक्राउ परेकाको प्रारम्भिक बयान यस्तो छः
शरिरमा पितृ चढेको भन्दै काम्दै कुटपिट गर्ने युवायुवतीले सो घटनाको बारेमा आफुहरुलाई केही थाहा नै नभएको प्रहरी समक्ष बताएका छन् । उनीहरुले मृतक बिबिलाई पितृ नै आएर कुटपिट गरेर मारेको बताएका छन् । उनीहरुले पितृ आफ्नो शरिरमा चढेपछि आफुहरुलाई केही पनि थाहा नहुने भएकाले सो घटनाको बिषयमा आफुहरु अनविज्ञ रहेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् ।

Facebook Comments Box