आत्महत्या न्यूनीकरण गर्न जनचेतनामुलक कार्यक्रम स्थानियतहले ल्याउन पर्छ : समन्वय प्रमुख खड्का

प्रदेश ३ विश्व शिक्षा समाज स्वास्थ्य

रामेछाप । जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले आत्महत्या न्यूनिकरण गर्न स्थानिय तहहरुले जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएकी छिन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बोल्दै समन्वय प्रमुख खड्काले स्थानिय तहले जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल र सञ्चार क्षेत्र संग मिलेर बिभिन्न चेतना मुलक कार्यक्रम ल्याएर आत्महत्या न्यूनिकरण गर्न लाग्नु पर्ने बताईन् ।

सम्बन्धीत क्षेत्रमा रहेर काम गरेका बिभिन्न ब्यक्ति तथा संस्था हरुसंग मिलेर काम गर्न पालिकाहरुलाई आग्रह खड्काले आग्रह समेत गरिन । उनले अत्महत्या जस्तो घट्नालाई स्थानिय तह र जनप्रतिनिधीहरुले समान्य रुपमा लिन नहुने भन्दै सबै स्थानिय तहले यसको न्युनिकरणको लागी सम्बन्धीत संस्था संग मिलेर जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । सडक खनेर मात्र विकास नहुने भन्दै समाज परिवर्तणको लागी बिभिन्न चेतना मुलक कार्यक्रम सञ्चालन गर्न स्थानिय तहका प्रमुख र उपप्रमुखलाई समन्वय प्रमुख खड्काले आग्रह गरिन ।विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलय रामेछापले रामेछापमा एक वर्षको अवधिमा ४५ जनाले आत्महत्या गरेको जनाएको छ । प्रहरीले आर्थिक वर्ष ०७८/०७९ मा रामेछापमा ४५ जनाले आत्महत्या गरेको जनाएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सो तथ्याङका जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक राजुप्रसाद ढकालले दिएका हुन् ।आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापले सचेतनामूलक र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो । आइतबार बिहान देवकोटा चोकबाट मन्थली नगर कार्यपालिकाको कार्यलय सम्म भएको चेतनामूलक र्यालीमा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्की, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ, प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

र्यालीपछि प्रमुख जिल्ला अधिकारी पहाडीको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापकी प्रमुख खड्काको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक राजुप्रसाद ढकालले रामेछापमा आत्महत्याका घटना बारे जानकारी दिएका थिए । उनका अनुसार यो वर्ष मन्थली नगरपालिकामा ८ जना, रामेछाप नगरपालिकामा दुई जना, उमाकुण्ड गाउँपालिकामा १२ जना, लिखुतामाकोसी गाउँपालिका ८ जना, सुनापति गाउँपालिकामा ६ जना, दोरम्बा सैलुङ गाउँपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनाले आत्महत्या गरेको बताए ।

यसरी आत्महत्या गर्नेमा दुई जना बालिका, ३ जना बालक, २१ जना महिला र १९ जना पुरुष रहेका बताए । आत्महत्याका घटनाहरुलाई हेर्दा प्रेममा असफलता, गरिबी बेरोजगारी तथा आर्थिक समस्या, शिक्षामा असफलता, मानसिक सन्तुलन, विभिन्न दीर्घ रोगको पीडा, सम्बन्धमा दरार, विभिन्न अपराधका पीडित, विभिन्न अपराधको सामना गर्न नसकेर, कुनै कामका लागि अनावश्यक दबाब, पारिवारिक कलह, सामाजिक अपमान तथा बहिष्कार, मादक पदार्थ र लागू औषधको अद्यावधिक प्रयोग जस्ता कारणहरू देखिएको जानकारी दिए ।

प्रहरी निरीक्षक ढकालले जिल्लामा बढ्दो आत्महत्याका घटनाको रोकथामका लागि समुदाय प्रहरी साझेदारी सम्बन्धी विभिन्न समितिहरूको पुनर्गठन गर्ने, अपराध न्यूनिकरणमा स्थानीय तहको सहयोग तथा सहकार्य, पुलिस शिक्षक कार्यक्रम सबै विद्यालयहरूमा सञ्चालन गर्ने र जिल्लामा सञ्चालित रेडियोमा सचेतनामूलक रेडियो कार्यक्रम प्रसारण गर्ने योजना अगाडि सारेको बताएका छन् ।

Facebook Comments Box