रामेछापमा डेंगी संक्रमण बढ्दो, १६ जना बिरामी

प्रदेश ३ समाज स्वास्थ्य

रामेछाप । पछिल्ला केहीदिन देखी रामेछापमा डेंगी प्रकोप बढ्दै गएको छ । करिव एक हप्ताको बिचमा १६ जना डेंगीका विरामी भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्ला अस्पताल रामेछापमा ११ जना र मन्थली अस्पतालमा ५ जना डेंगीका बिरामीहरु उपचाररत रहेका छन् । केही दिनदेखी रामेछापका डेंगीका बिरामीहरु बढेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

अस्पतालमा ज्वरो आएर उपचारका लागि आएका विरामीको परिक्षण गर्दा डेंगुु संक्रमण भेटिएको हो । मन्थली अस्पतालमा ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, खानमन नलाग्ने जस्ता लक्षण देखिएपछि उपचारको लागि आएका ५ जनाको डेंगुु परीक्षण गर्दा उनीहरुमा डेंगु सक्रमण पुष्टि भएको मन्थली अस्पतालका डा.केशव धामीले जानकारी दिए । उनले भने– डेंगु पुष्टि भएका बिरामीहरुलाई अस्पतालमा नै भर्ना गरेर उपचार भइरहेको छ । बिरामीहरुलाई झुल भित्र राखेर उपचार गरिरहेका छौं ।

तर लामखुट्टेले संक्रमण फैलाउन सक्ने भएकाले यसलाई न्युनीकरण गर्न किटनाशक औषधीहरु छर्न स्थानिय तह र जिल्ला अस्पतालले ढिलो गरे यो संक्रमण बढ्दै जाने चिन्ता बढ्दै गएको नागरिक अगुवा हिमाल ढु‌गेलले जानकारी दिए । उनले भने–तत्काल सम्वन्धित निकायले यसलाई चाडो भन्दा चाडो छलफल गरेर किटनाशक विषादी छर्कन ढिलो गर्नु हुँदैन । पछि संक्रमण बढ्दै गएर चिन्ता गर्नुभन्दा बेलैमा संक्रमण रोक्नु बुद्धिमानी हुने ढुंगेलले बताए ।

Facebook Comments Box