डा.केसी बिभिन्न माग सहित अनसन बस्दै

प्रदेश ३ समाज स्वास्थ्य

रामेछाप । डा.गोविन्द केसीले विभिन्न ६ बुँदे मागसहित फेरी अनसन बस्ने घोषणा गरेका छन् । आइतबार डा. केसीले पत्रकार सम्मेलन गर्दै स्वास्थ्य क्षेत्र र अन्य सरोकारका विषयमा आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि गते देखी फेरी अनसन सुरु गर्ने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलन गर्दै डा. केसीले तोकिएको दरबन्दी अनुसारको क्षमता भन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरू माथि नियन्त्रण गरिनुपर्ने लगायतका अघि सारेका छन् ।

Facebook Comments Box