बाढी पहिरोको कारण रामेछापमा ५ घर विस्थापित

अर्थ समाज

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका २ एकामफेदी बाहुनटोलमा बिहिबार लेदो सहित बाढी आउदा ५ घर विस्थापित भएका छन् । बिहिबार परेको अविरल वर्षातको कारण नाडिङ खोल्सामा पहिरो लेदो सहित बाढी आउदा पाँच घर विस्थापित हुनको साथै तिन वडा बाख्रा समेत खोलामा परि मरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जोखिममा रहेका पाँच घर परिवारलाई जिल्ला प्रहरी कार्यालयले बिहिबा नइ सुरक्षित रुपमा आफन्तको घरमा राखेको प्रहरीले जनाएको छ ।

उक्त वाढीको कारण गोकुलगंगा–२ एकामफेदी बाहुन टोल बस्ने सन्तोष रोक्का, ज्ञान बहादुर रोक्का, रमेश रोक्काको भुकम्प पछी निर्माण गरिएको ईटाको गारो भएको २ तले घर बगाई पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै गरी सोहि स्थान बस्ने हरी बहादुर खत्री र धनलक्ष्मि गुरागाईको ढुङ्गा माटोले बनेको एकपाखे भान्सा घर भत्कनका साथै धनलक्ष्मि गुरागाईको ३ वटा बाख्रा समेत पहिरोमा पुरी मृत्यु भएको जनाएको छ ।

Facebook Comments Box