रेडक्रस सोसाइटीको सभापतीमा पुन: कार्की निर्वाचित

प्रदेश ३ राजनीति शिक्षा समाज

रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सभापतीमा पुन: शिवकुमार कार्की निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट प्रतिस्पर्धी जयप्रकाश श्रेष्ठलाई ३ मतले हराउँदै कार्की सभापतिमा पुन: निर्वाचित भएका हुन् । कार्कीले ५३ मत पाएका थिए भने श्रेष्ठले ५० मत प्राप्त गरेका छन् । यस भन्दा अघि कार्की सभापती थिए भने श्रेष्ठ मन्त्री भएर काम गरेका थिए ।

त्यसै गरी निर्वाचनमा उपसभापतिमा विरेन्द्र श्रेष्ठलाई १० मतले हराउँदै नारायणदास श्रेष्ठ निर्वाचित भएका छन् । नारायणदासले ५५ मत प्राप्त गर्दा वीरेन्द्र श्रेष्ठले जम्मा ४५ मत प्राप्त गर्न सके । महिला उपसभापतिमा पार्वती कडरियालाई ४ मतले हराउँदै कल्पना केसी बोहरा विजयी भएका छन् । केसीले ५३ मत प्राप्त गर्दा कडरियाले ४९ मत प्राप्त गरेका छन् ।

रेडक्रसको मन्त्रीमा हेमन्त पौडेललाई ६ मतले हराउँदै दुर्गाबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ५४ मत प्राप्त गर्दा पौडेलले ४८ मत प्राप्त गरेका छ्न । यस्तै कोषाध्यक्ष भिमबहादुर तामाङलाई २३ मतले हराउँदै दिनेशकुमार कार्की निर्वाचित भएका छन् । कार्कीले ६१ मत प्राप्त गर्दा तामाङले जम्मा ३८ मत प्राप्त गरे ।

यस्तै उपकोषाध्यक्षमा श्री बहादुर माझीलाई ५ मतले हराउँदै यतनहरि सुवेदी निर्वाचित भएका छन् । सुवेदीले ५३ मत प्राप्त गर्दा माझीले ४८ मत प्राप्त गरे । महिला सदस्यमा विष्णुलक्ष्मी उप्रेती, कमला कुमारी खड्का र सुशीला गुरुङ निर्वाचित भएका छन् । त्यसैगरी खुला सदस्यहरूमा ढालविक्रम कार्की, राजेन्द्रबहादुर कार्की, धुव्रबहादुर खड्का, रमेशकुमार उदास, यादव प्रसाद दाहाल र कृष्णप्रसाद उप्रेती निर्वाचित भएका छन् ।

Facebook Comments Box