रेडक्रसको सभापतीमा मन्त्री श्रेष्ठको उम्मेद्वारी घोषणा

प्रदेश ३ समाज

मन्थली । नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा रामेछापको सभापतीमा मन्त्री जय प्रकाश श्रेष्ठले सभापतीमा उम्मेद्वारी घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले बिहिबार पत्रकार सम्मेलन गरी साउन २८ र २९ गते हुने रेडक्रसको अधिबेशनमा आफ्नो उम्मेरद्वारी रहेको घोषणा गरेका हुन् । श्रेष्ठले यस भन्दा अघि दुई पटक मन्त्री पद समाली सकेका छन् ।

लामो अनुभव मन्त्री पदमा बसेर काम गरेको कारण अब संस्थाको प्रमुखको जिम्मेवारी लिएर सामाजकि काम गर्न आफुले चाहेको बताए । अन्य संघ संस्थामा समेत नवसी आफु रेडक्रसमा आवद्ध भएर काम गरेको भन्दै सबै समय आफु संस्थामा नै खर्च गर्ने बताए । जिल्लाको सबै भुगोमा पुगेर मन्त्री पदमा रहेर समेत काम गरेको र अब पनि सोही अनुसार काम गर्ने जनाए । वि.स. २०६७ सालदेखि निरन्तर नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखामा सक्रिय श्रेष्ठ ११ वर्षदेखि मन्त्री पदमा क्रियाशित हुनुहुन्छ ।

उहाँले पत्रकार सम्मेलनमा आफुले अहिलेसम्म हासिल गरेका कामको अनुभवले पनि सभापतिको उम्मेद्वारमा योग्य रहेको बताउनु भयो । आसन्न जिल्ला अधिबेशनमा कुल १ सय ८ जना सभासदहरुले भोट गर्न पाउने व्यवस्था छ भने कुल २० जनाको जिल्ला कार्यसमिति बन्ने छ । हाल जिल्लामा नेपाल रेडक्रस सोसाइटीको १८ वटा उपशाखाहरु रहेका छन् ।

Facebook Comments Box