प्रशासनले गर्यो २ करोड ४० लाख राजश्व संकलन

अर्थ प्रदेश ३ समाज

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले गएको आर्थिक वर्ष २०७८÷०७९ मा २ करोड ३९ लाख ८० हजार २ सय ७६ रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रशासनले एक आर्थिक वर्षमा सबैभन्दा बढी राहादानी बितरणबाट मात्रै २ करोड २१ लाख २२ हजार ५ सय रुपैयाँ संकलन गर्न सफल भएको हो । यसबाहेक कार्यालयले न्यायिक दण्ड जरिवाना र जफत शुल्क बापत १५ लाख ३ हजार २ सय ९१ रुपैयाँ, कम्पनी दर्ता, संस्था दर्ता र रजिष्ट्रेसन शुल्क बाट ३ लाख २० हजार २ सय ५० रुपैयाँ र हातहतियार इजाजतपत्र दस्तुर बाट २५ हजार ५ सय २५ रुपैयाँ राजश्व रकम संकलन गरेको हो ।

त्यसैगरी कार्यालयले परीक्षा दस्तुर बापत ८ हजार २ सय रुपैयाँ राजश्व रकम संकलन गरेको छ । त्यस्तै कार्यालयले अन्य प्रशासनिक सेवा शुल्क ५ सय १० रुपैयाँ राजश्व रकम संकलन गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए ।

 

 

Facebook Comments Box