दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिव प्रक्राउ

प्रदेश ३ बिशेष समाज

रामेछाप । एकै व्यक्तिलाई दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ प्रितीका वडा सचिव पदम कुमारी बस्नेत लाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै गाउँकी नाता पर्ने उमाकुण्ड गाउँपालिका–४ प्रितीकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी पुनः दोश्रो पटक नागरिकता बनाउन वडावाट सिफारिस दिएकी थिइन । निर्मलाले यस अघि नै जिल्ला प्रशासन कार्यालय रामेछापवाट नागरिकता लिइ सकेकी थिइन । पुनः बस्नेतले आफ्नै बहिनीको स्कुलको सर्टिफिकेटको आधारमा वडावाट सिफारिस लिएर दोहोरो नागरिकता लिन जिल्ला प्रशासन कार्यालय रामेछापमा कागजात पेश गरेकी थिइन ।

प्रशासन कार्यालय रामेछापले वस्नेतले पेश गरेको कागजको आधारमा कार्यालयमा भएको रेकर्ड भिडाउँदा यसअघि नै नागरिकता लिइसकेको देखेपछि शंका गरी उनीसँग सोधपुछ गर्दा दोहोरो नागरिकत लिन खोजेको देखिएपछि प्रशासनले कागजात नियन्त्रणमा लिएको थियो । प्रशासनले वस्नेतको नागरिकताका लागि सिफारिस गर्ने वडा सचिव पदमकुमारी बस्नेतलाई नियन्त्रणमा लिन निर्देशन दिए लगत्तै वडा सचिव वस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

उनले भने– दोहोरो नागरिकताको सिफारिस दिने वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अगाढि वढाइएको छ । अनुसन्धान पछि सिफारिसको बिषयमा थप बिवरणहरु आउन सक्ने साथै अन्य व्यक्तिहरु पनि यसमा संलग्न भए नभएको एकिन हुने उपरीक्षक थिङले बताए ।

Facebook Comments Box