रामेछाप कांग्रेसको बैठक सम्पन्नस् उपसभपती थोकरको पद कार्कीलाई

प्रदेश ३ राजनीति समाज

रामेछाप । नेपाली कांग्रेस जिल्ला कार्यसमिती रामेछापको बैठक मंगलबार जिल्ला पार्टी कार्यालय मन्थलीमा सम्पन्न भएको छ । जिल्ला सभापती पुर्णबहादुर तामाङ ९ कान्छाराम० को अध्यक्षतामा बसेको बैठकले उपसभापती नवराज थोकर र जिल्ला कार्यसमिती कमल प्रकाश सुनुवारको बिभागिय समितिको संयोजक पद खोसिएको छ ।


बुधवार पार्टी प्रबक्ता नारायण बहादुर बोगटिले जारी गरेको प्रेस बिज्ञप्तीमा उप सभापति थोकरलाई र जिल्ला कार्य समिति सदस्य कमल प्रकाश सुनुवारलाई यस अघि क्रमश जिल्ला प्रशिक्षण समिति र अनुशासन समितिकोको संयोजकमा मनोनयन गरिएको भएपनि निजहरुले हाल सम्म पनि उक्त समितिलाई पूर्णता दिन नसकेको र पटक पटकको जिल्ला कार्यसमितिको बैठकलाई बहिस्कार गरेको भन्दै उनीहरुको पद खोसिएको जनाइएको छ ।


उक्त पदहरुमा बिधान अनुसार प्रशिक्षण बिभागको संयोजकमा अर्का उप सभापति लेख बहादुर कार्की र अनुशासन बिभागको संयोजकमा केशर बहादुर मगरलाई मनोनयन गरिएको पनि जनाइएको छ ।

 


बैठकले यस अघि गठन गरेको जिल्ला कार्य सम्पादन समिति पनि भंग गरी नारायण बहादुर बोगटिको संयोजकत्वमा चिना खड्का कार्की, कमान खड्का, बिमला कार्की र सन्जीव बि क लाई मनोनयन गर्ने समेत निर्णय भएको जनाइएको छ ।

Facebook Comments Box