पार्टी सभापती छोड्न तयार छु : कांग्रेस सभापती तामाङ

राजनीति समाज

रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापती पुर्ण बहादुर तमाङ (कान्छाराम) ले पार्टी सभापती छाड्न समेत सक्ने तर जिल्लाका चार जना नेता संग आफु कुनै अवस्थामा छलफल नगर्ने बताएका छन् ।

नेपाली कांग्रेस भित्रको आन्तरिक बिरोधलाई कसरी मिलाउने प्रयास गर्नु भएको छ भनी सोधेको प्रश्नको जवाफ दिदै कांग्रेस सभापती तामाङले आफु बरु पार्टी छाड्न तयार रहेको तर जिल्लाका चार जना नेता संग बसेर छलफल नगर्ने बताएका छन् । पार्टी सभापती तामाङले आफु पार्टीमजबुद बनाउन संगठन निर्माणमा लागी पर्ने भन्दै कसैले बिरोध गर्दैमा आफु उनीहरु संग झकेर छलफल गर्न नसक्ने बताएका छन् ।

पार्टी बनाउने जिम्मा आफुले मात्र नलिएको भन्दै पार्टीको कसैले बिरोध गर्दैमा धम्क्याउदैमा आफु उनीहरु संग झुकेर छलफल गर्न नजाने बताएका छन् ।

आफुले पार्टी सभापती बन्दा बहुमत पुर्याएर बैठक राख्ने र बहुमतले पार्टी चलाउने भनेर नजितेको भन्दै कसै संग छलफल गर्नु पर्ने र बहुमत पुर्याएर बैठक राख्नु पर्ने आवश्यक नरहेको बताएका छन् । निर्वाचनमा पार्टी पराजित हिजो पनी भएको र भोली पनी हुन सक्छ भन्दै त्यसको जिम्मा सभापतीले मात्र लिनु पर्ने भन्ने नभएको बताए । पार्टीको माया भए सबै मिलेर बस्छ नभय आफुलाई मात्र टाउको दुखाइको बिषय नभएको बताए ।

हिजो १३ वटा वडा जितेको कांग्रेसले आज २४ वटा वडा आफ्नो कारणले जितेको दावी गर्दै कोही कसैले बिरोध गर्दैमा आफुलाई केहि फरक नपर्ने बताए ।

Facebook Comments Box