रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकामा गरिएको अबैध गाँजाखेती प्रहरीले फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको निर्देशनमा खाँडादेवी र सुनापती गाउँपालिकाको बिभिन्न क्षेत्रमा गरीएको गाँजा खेती फडानी गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खाँडादेवीलेले चोप्राङ,गोगनपानि ,खत्रीटोल रायगाँउ,साउटोल, धारापानी, चुल्ठेपानी, चारघरे, राकाथुम, चपाडीमा फडानी गरिएको छ ।
सुनापती गाउपालिका अन्तर्गत खनियापानि, भिरकोट, रुपाकोट, बेथान, पानीट्याङ्की लगाएतका स्थानमा इलाका प्रहरी कार्यालय खाँडादेवी ,इलाका प्रहरी कार्यालय बेथान, प्रहरी चौकी लुभुघाट, प्रहरी चौकी बेथान सित्खा, अस्थाई प्रहरी चौकी गाल्पा लगायतका युनिटबाट प्रहरी निरीक्षक तेज प्रसाद कंडेलको कमाण्डमा खटिएका ३० जनाको प्रहरी टोलिले अबैध रुपमा उम्रीएका र खेती गरिएका अन्दाजी ४हजार ४ सय बोट गाँजा फडानि गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

रामेछापमा प्रहरी द्वारा गाँजा फडानी
Facebook Comments Box