बालिकालाई जर्वजस्ती करणी गर्ने युवक पक्राउ

प्रदेश ३ समाज

रामेछाप । बालिकालाई बिहे गर्छु भन्दै ललाई फकाई होटलमा लगेर जर्वजस्ती करणी गरेको आरोपमा मन्थली नगरपालिका–६ भलुवाजोरका २८ वर्षिय गोबिन्द माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

माझीले यही असार ५ गते मन्थली नगरपालिका–१ बसपार्क स्थित कृतीका थकाली एण्ड गेष्ट हाउसमा ललाई फकाई लगेर १५ बर्षिय ती बालिकालाई जर्वजस्ती करणी गरेका थिए । उक्त घटनापछि घर पुगेकी बालीकाले आफ्ना अभिभावकलाई घटनाको बिषयमा वताएपछि पिडीत परिवारले माझी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

आफु बिरुद्ध प्रहरीमा जाहेरी परेको थाहाँ पाएपछि माझी फरार रहेका थिए । उनको खोजीमा जुटेको प्रहरीले मगंलवार छिमेकी जिल्ला सिन्धुलीको ग्वालटारवाट पक्राउ गरी रामेछाप जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु ढकालले जानकारी दिए ।

Facebook Comments Box