रामेछापको लुभुमा बस दुर्घटना ९ को मृत्यु, २४ घाइते

प्रदेश ३ बिशेष समाज

रामेछाप । जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीवाट काठमाण्डौं तर्फ जादै गरेको बा ३ ख ८३९६ नम्वरको यात्रुवाहक बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा दुर्घटना हुँदा गाडीमा सवार मध्ये ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा परी ४ जना महिला र ५ जना पुरुष गरी ९ जनाकाे घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा परी २४ जना घाइते भएका छन् । घाइतेहरु घटनास्थलवाट उद्धार गरी थप उपचारको लागि धुलीखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनाको जानकारी पाएसँगै जिल्ला सदरमुकाम मन्थलीवाट प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी, प्रहरी नायव उपरीक्षक राजकुमार तामाङ, शसस्त्र प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेल सहितको टोली घटनास्थ पुगेका थिए । गाडी सडकवाट करिव १ सय मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

Facebook Comments Box