दोरम्बा शैलुङ्गमा कर्मचारी अभाव

प्रदेश ३ समाज

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कर्मचारी अभाव हुँदा कार्यालयको काम प्रभावित हुँदै आएको छ । सो कार्यालयमा हाल २१ जना कर्मचारीको दरवन्दी रिक्त रहेको छ ।

स्थानिय तहको निर्वाचन पछि कार्यालयका प्रमुख प्रशासकिय अधिकृत र अन्य फाँटका कर्मचारीहरु सरुवा भएर अन्यत्र गएपछि उक्त कार्यालयमा कर्मचारीहरुको अभाव सिर्जना भएको हो । हाल उक्त कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत १ जना, प्रशासन तर्फ छैठौ अधिकृत १ जना, पाचौं अधिकृत २ जना, चौथो तहमा १ जना कर्मचारीको पद रिक्त रहेको छ ।

त्यसैगरी प्राविधिक फाँट तर्फ प्राविधिक इन्जिनियर १ जना, सहायक इन्जिनियर १ जना र सव–इन्जिनियर ४ जनाको दरवन्दी रिक्त रहेको छ । त्यस्तै कृषि शाखा तर्फ कृषि सहायक ४ जना, पशु शाखा तर्फ पशु शाखा अधिकृत १ जना, पशु सहायक ४ जना र स्वास्थ्य शाखा तर्फ १ जनाको दरवन्दी रिक्त रहेको छ ।

कार्यालयमा कर्मचारी अभाव हुँदा कार्यालयले दैनिक नागरिकहरुलाई प्रदान गर्नुपर्ने सेवामा समस्या भएको दोरम्वा शैलुङ्ग गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेश कुमार महतोले जानकारी दिए । उनले भने– कर्मचारी नहुँदा नागरिकको काममा समस्या भएपछि एउटा फाँटको कर्मचारीलाई उक्त फाँटको काम सकिएपछि पुनः अर्को फाँटमा खटाएर काम काज चलाउँदै आएका छौं । कर्मचारीको आवश्यक व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारमा परिपत्र गरिएको पनि अधिकृत महतोले बताए ।

Facebook Comments Box