सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

प्रदेश ४

काठमाडौं । सम्पर्क विहिन अवस्थामा रहेको तारा एयरको (९ एन एइटी कल साइन)को टुइनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको खबर प्राप्त भएको छ । स्थानियले दिएको जानकारी अनुसार सो स्थानमा भेटिएको खबर न्युज २४ नेपालले लेखेको छ ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो । पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो ।

उक्त जहाजमा चालक दलाका सदस्यहरुसहित २२ जना सवार रहेका थिए । अहिले दुर्घटनास्थलामा हेलिकप्टर परिचालन गरिएको छ । उडेको २० मिनेटपछि जोमसोम पुग्नुपर्ने जहाज सम्पर्कविहीन भएपछि खोजी गरिएको थियो । सबै सवार यात्रुको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

Facebook Comments Box