२२ जना यात्रु सहित तारा एयरको विमान सम्पर्क बिहिन

प्रदेश ४ विश्व स्वास्थ्य

काठमाण्डौ । आज बिहान २२ जना यात्रु लिएर पोखराबाट मुस्ताङको जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको छ ।

तारा एयसको ९ एनएईटी ट्विनअटर विमान बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेकोमा वेपत्ता भएको छ । क्याप्टेन प्रभाकर घिमिरेले चलाएको विमान मुस्ताङको लेते क्षेत्रमा दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ । विमानको खोजीको लागि हेलिकप्टर परिचालन गरिएको छ । खराब मौसमका कारण खोजिकार्यमा कठिनाइ भएको छ ।

विमानमा सवारको नामावलीः

क्याप्टेन– प्रभाकर घिमिरे
को–पाइलट– उत्सव पोखरेल
एयर होस्टेज– किस्मी थापा

यात्रुहरू–

इन्द्रबहादुर गोले
पुरुषोत्तम गोले
राजनकुमार गोले
मिक ग्र्याट
वसन्त लामा
गणेशनारायण श्रेष्ठ
रवीना श्रेष्ठ
रस्मी श्रेष्ठ
रोजिना श्रेष्ठ
प्रकाश सुनुवार
मकरबहादुर तामाङ
राममाया तामाङ
सुकुमाया तामाङ
तुल्सादेवी तामाङ
अशोककुमार त्रिपाठी
धनुष त्रिपाठी
ऋतिका त्रिपाठी
युवी विल्नर
वैभवी बाण्डेकर

Facebook Comments Box