द्रुतगतिमा काम गर्छौ ः अध्यक्ष खड्का

प्रदेश ३ राजनीति समाज संसद

रामेछाप । गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजिबहादुर खड्काले गाउँपालिकाको सबै काम द्रुतगतिमा हुने बताएका छन् । अध्यक्ष खड्काले नवनिर्वाचित उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउदै अब गाउँपालिकाको काम द्रुतगतिमा हुने बताएका छन् ।

नागरिकले युवाले द्रुतगतिमा काम गर्ने विश्वासको साथ आफुलाई मत दिएर जिम्मेवारी दिएको भन्दै कुनै पनी काममा ढिला सुस्ति नगर्न नवनिर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुलाई आग्रह गरेका छन् । नागरिकलाई कुनै पनी जनप्रतिनिधी र कर्मचारीले दास बनाउने अनावश्यक दुखः दिने खालका गति नगर्न र नगराउन समेत आग्रह गरेका छन् । आफुहरु नागरिकको शासक नभइ सेवक भएको कारण सेवाको भावनाले अबको पाँच बर्ष काम गर्ने बताएका छन् ।

साथै नवनिर्वाचित अध्यक्ष खड्काले काम गर्ने शिलशिलामा सबै जनप्रतिनिधी कर्मचारीहरुले सहयोग गर्ने बिश्वास लिएको भन्दै असहयोग गर्ने र असफल गराउने काम नगर्न र नगराउन समेत आग्रह गरेका छन् ।

Facebook Comments Box