जनताको पक्षमा काम गर्न निर्वाचित टीमलाई आग्रहः अध्यक्ष मोक्तान

प्रदेश ३ राजनीति समाज संसद

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मैन कुमार मोक्तान(मदन) ले जनताको पक्षमा काम गर्नका लागि सर्ब निर्वाचित टीमलाई आग्रह गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै मोक्तानले कर्मचारी र नवनिर्वाचित टिमलाई नागरिकका हजारौ अपेक्षाका विचमा आफुले कार्यभार सम्मालेकोले काम गर्ने कुरामा चुनौति र अबसर दुवै आफुहरुका सामु आएकोले यसलाई सहज बनाउँदै जनताको पक्षमा काम गर्नका लागि सर्बै निर्वाचित टीमलाई आग्रह गरेका छन् । कार्यक्रम अघि उनले आफना नव निर्वाचित उपाध्यक्ष वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

पदभार ग्रहणको अवसरमा दोरम्बा शैलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष कमान सिं तामाङ, निवर्तमान उपाध्यक्ष कृशला घिसिङ, प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटा, विभिन्न राजनीतिक दलका प्रनिधिनिधीहरु, कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो । त्यसैगरि पालिकाले सोमबारै निवर्तमान अध्यक्ष लगायतका सबै जनप्रतिनिधिहरुलाई पनि विदाई गरेको छ । उनिहरुलाई पालिकाका प्रमुख प्रसासकिय अधिकृत उदय देवकोटा लगायतले खादा र टिका लगाएर विदाई गरेका थिए ।

Facebook Comments Box