सुनापतीमा सुत्केरीलाई चार हजार भत्ता

समाज संसद

रामेछाप । सुनापति गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्षले सुत्केरीलाई चारहजार भक्ता दिने निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङलले सोमबार पदभार सम्हाल्दै सुत्केरी महिलालाई चारहजार भक्ता दिने निर्णय गरेको छ । तामाङलले नेपाली कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्कालाई पराजित गर्दै अध्यक्षमा निर्वातिच भएका हुन ।

पदभार ग्रहण कार्यक्रममा निर्वतमान गाउँपालिकाका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट चौलागाईले पनि आजै पुनः दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेकी छिन् ।

Facebook Comments Box