पार्टिको अस्तित्व जोगाउन सफल कांग्रेसका २ नेता

प्रदेश ३ राजनीति

रामेछाप । जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका गरी ८ वटा स्थानिय तहमा २ नेताले आफ्नो पालिकामा आफ्नो पार्टिको अस्तित्व जोगाउन सफल भएका छन् ।

खाँडादेवी गाउँपालिकामा कांग्रेस नेता नारायण कार्की र सुनापती गाउँपालिकामा धुर्व चौलागाईले पालिकामा प्रतिनिधित्व शुन्य हुन बाट बचाएको छ ।

नेपाली कांग्रेसका नेता धुर्व चौलागाईले सुनापती गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका नेता चण्डेश्वर चौलागाईलाई हराउदै आफ्नो पार्टिको अस्तित्व जोगाउन सफल भएका छन् । कांग्रेस नेता चौलागाईले ९ सय ३२ मत ल्याएर विजय भए भने नेकपा माओवादी केन्द्रका उम्मेदवार चौलागाईले ९ सय १७ मत मात्र पाए । कांग्रेस नेता चौलागाईले १५ मतको अग्रतामा बिजय हासिल गरेर सुनापतीमा पार्टिको प्रतिनिधित्व गर्दै पार्टिको अस्तित्व गुम्न बाट बचाएको छ ।

गाउँपालिकाको ३ नम्बर वडामा वडा अध्यक्ष र दलित सदस्य बाहेक अन्य ३ सदस्यमा भने नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । वडा नम्बर १ मा चौलागाईले मात्र एकल बिजय हासिल गरेका छन् । कार्यपालिकामा भने नेपाली कांग्रेसका चौलागाईको मात्र प्रतिनिधित्व हुने देखीन्छ ।

त्यस्तै गरी खाँडादेवी गाउँपालिकामा पनि नेपाली कांग्रेसका उम्मेद्वार नारायण कार्कीले पार्टिका अस्तित्व गुम्न बाट जोगाउन सफल भएका छन् । कांग्रेस नेता कार्कीले पनि पालिकामा रहेको ९ वटै वडा मध्य ८ वटा वडामा नेपाली कांग्रेस शुन्य भइरहेको अवस्थामा वडा नम्बर ६ मा जित हात पारेर पार्टिको अस्तित्व जोगाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार गोपाल कार्कीलाई १ सय २७ मतले हराउदै बिजय भएका हुन । कांग्रेस नेता कार्कीले ७ सय ४ मत ल्याउदा एमाले नेता कार्कीले ५ सय ७७ मत मात्र ल्याउन सफल भए । कार्कीले ६ नम्बर वडामा आफ्नो प्यानलनै बिजय गराएका छन् ।

Facebook Comments Box