सुनापति गाउँपालिकामा माओवादी विजयी

प्रदेश ३ राजनीति समाज

रामेछाप । सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार ठूलोकान्छा तामाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कमान खड्का ( दिपेन्द्र )लाई पराजित गरी तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार तामाङले ५ हजार ३ सय ९८ मत ल्याएर विजय हासिल गरेको थियो । उनका प्रतिस्पर्धी कांग्रेसका कमान खड्का ( दिपेन्द्र )ले ४ हजार ८ सय ९८ मत ल्याएका थिए । तामाङ यसअघि वडा नम्बर ५ का वडाध्यक्ष थिए ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै गीता विष्ट चौलागाईं विजयी भएकी छिन् । विष्टले ५ हजार ३ सय ६० मत प्राप्त गरेर विजयी भएकी हुन । विष्टकी प्रतिस्पर्धी ५ हजार ६८ मत प्राप्त गरेकी छिन् । विष्ट यसअघि पनि उपाध्यक्ष थिइन् ।

२०७४ सालको निर्वाचनमा पालिकाका सम्पूर्ण पदमा निर्वाचित भएको माओवादी केन्द्रले यस पटक पनि १ वडा अध्यक्ष र ४ जना वडा सदस्य गुमाएको छ । वडा नम्बर ३ हिलेदेविमा कांग्रेसका वडा अध्यक्ष १ मतले पराजित भएका थिए भने ४ जना सदस्य विजयी भएका थिए । एमालेले भने १ जना प्रतिनिधि पनि विजयी गराउन सकेन । एमालेका अध्यक्ष उम्मेदवार २ हजार ३१ मतमा सीमित हुन पुगेका छन् ।

Facebook Comments Box