गोकुलगंगामा कांग्रेसको शान्दार जित

प्रदेश ३ समाज संसद

रामेछाप । नेपाली कांग्रेसले गोकुलगंगामा शान्दार जित हात पारेको छ । आज सम्पन्न निर्वाचनमा गोकुलगंगा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार काजीबहादुर खड्का ६ हजार ९३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३ मतान्तरले पराजित गरेका हुन् । पराजित खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत ल्याएका छन् ।

त्यस्तै गरी नेपाली कांग्रेस उम्मेदवार उषादेवी कार्कीले ५ हजार २ सय ५३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार राधिका श्रेष्ठलाई ५ सय ६७ मतान्तरले पराजित गरेका हुन् । पराजित श्रेष्ठले ४ हजार ६ सय ८६ मत ल्याएका छन् ।

Facebook Comments Box