रामेछापमा कुन पार्टिको अवस्था कस्तो

प्रदेश ३ राजनीति समाज संसद

रामेछाप । जिल्लामा रहेको २ नगर र ६ गाउँपालिका गरी जम्मा ८ वटा पालिकाहरु रहेका छन् । जिल्लामा रहेको २ नगरपालिका र ६ वटा गाउँपालिका मध्य खाँडादेवी गाउँपालिका १ राकाथुममा ३० गते चुनाव स्थगित भएको थियो । उक्त पालिकामा आज निर्वाचन भएको छ ।
३० गते सम्पन्न २ नगरपालिका र ५ गाउँपालकामा हाल मत गणना भइरहेको छ । प्राप्त निर्वाचन परिणाम अनुसार सोमबार दिउँसो सम्ममा खाँडादेवि गाउँपालीका भन्दा बाहेक सबै गाउँ जिल्ला भरिको निर्वाचन परिणाम आईरहेको छ । जस अनुसार अहिले सम्ममा रामेछाप जिल्लाको २२ वटा वडाहरुको नतिजा सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले मन्थली नगरपालीकाको वडा नं १ र १२,रामेछाप नगरपालिकाको १ ३ र ४ गोकुल गंगा गाउँपालिकाको १,२ र ४, सु्नापति गाउँपालीकाको वडा नं १ गरि ९ वटा वडामा निर्वाचित भएको छ । त्यसैगरि ,नेकपा एमालेले ८ वटा वडामा र नेकपा एमाओवादीले ५ वटा वडामा अध्यक्ष पद हात लाउन सफल भएको छ ।
मुख्य निर्वाचन कार्यालय बाट प्राप्त तथ्याँक अनुसार एमालेले मन्थली नगरपालीकाको २, १३ र १४ गोकुलगंगा गाउँपालीकाको ३ र ४,दोरम्बा शैलुडको १, लिखु तामाकोशीको १ र उमाकुण्डको २ वटा वडा गरि ८ वटा वडा र नेकपा एमाओवादी केन्द्रले रामेछाप नगरको २, दोरम्बाको २, सुनापतिको २ र ५ उमाकुण्ड गाउँपालिकाको २ नं वडा सहित ५ वटा वडाको अध्यक्ष पदमा निर्वाचित हुन सफल भएको छ ।
त्यसैगरि खाँडादेवी बाहेक अन्य पालीकामा पनि मत परिणाम आउने क्रमले तिब्रता पाएको छ । जस अनुसार सबैजसो पालीकामा नेपाली कांग्रेस र एमाले विच प्रतिस्पर्धा भएपनि दोरम्बामा गठबन्धन र नेकपा एमाले र सुनापति गाउँपालिकाम भने एमाले र गठबन्धनका नेपाली कांग्रेसका उमेद्वार वीच प्रतिस्पर्धा भई रहेको छ । हाल सम्मको नतिजा अनुुसार मन्थली नगरपालीकाको प्रमुखमा एमालेको ३ हजार ७ सय ५५,नेपाली काँग्रेसले ३ हजार ३ सय ३१ मत प्राप्त गरेको छ । त्यसैगरि रामेछाप नगरपालीकामा नेपाली काँगे्रसको २७ सय ७ र एमालेको २६सय ९९ सय मत प्राप्त भएको छ ।
त्यस्तै लिखु तामाकोशि गाउँपालीकामा एमालेले १५ सय १७ र नेकाले १४ सय ८९ मत प्राप्त गरेको छ । दोरम्बा गाउँपालीकामा माओवादी तर्फ २ हजार ७ र एमालेले १९ सय ५७ मत प्राप्त गरेको छ । गोकुल गंगाको प्रमुखमा नेकाले ५ हजार ४ सय १४ र एमालेले ४ हजार २ सय २५ मत प्राप्त गरेको छ । त्यस्तै उमाकुण्डको प्रमुखमा नेकाले १२ सय ९ र एमालेले ११ सय ५६ मत प्राप्त गरेको छ । यद्यपि सबै पालीकाको मत गणना जारी रहेकोले सबैको पुर्ण विवरण भने आईसकेको छैन् ।
६ वटा गाउँपालीका र २ वटा नगरपालीका रहेको रामेछाप जिल्लाको खाँडादेवी गाउँपालीकाको वडा नं १ को राकाथुममा ३० गतेको निर्वाचन स्थगित भएका कारण सो पालीका सोमबार विहान देखि मतदान भईरहेको र मतदान शान्तिपुर्ण ढंगले भईरहेको छ बाँकि रहेका अन्य पालीकामा मत गणनाको काम भईरहेको र गणनाको काममा भएको ढिलाई हेर्दा परिणाम आउनका अरु केहि दिन लाग्ने अनुमान गरिएको छ ।कबउउ कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलष्लिपभमष्ल कजबचष्लन दगततयलझबष् िकजबचष्लन दगततयल
रामेछाप । जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै स्थानिय तहमा मतगणना जारी रहेको छ । केही स्थानमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् भने केही स्थानमा नेकपा माओवादी केन्द्र र केहीमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

अहिलेसम्मको मत गणनाको परिणाम अनुसार रामेछाप नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेसवाट प्रमुख पदमा उम्मेदवार वनेका लवश्री न्यौपानेले २८७४ मत र उपप्रमुखमा वाला कुमारी कार्कीले २९२८ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेकपा एमालेका उम्मेदवारले पक्षाइरहेका छन् । एमालेका उम्मेदवार रोशन पाख्रिनले २८१४ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा उम्मेदवार सिता केसीले २८८९ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी मन्थली नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार वनेका लव श्रेष्ठले अग्रता लिएका छन् श्रेष्ठले ३५७४ मत प्राप्त गरेका छन भने उपप्रमुखमा एमालेकै ईश्वरी वस्नेतले ३२१४ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेदवारले पक्षाइरहेका छन् । काँग्रेसका उम्मेदवार विनोद कार्कीले २९६० मत प्राप्त गरेका छन् भने उपप्रमुख पदमा यशोदा श्रेष्ठले ३०१५ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसलले अग्रता लिएको छ । नेपाली काँग्रेसका उम्मेदवार जितवहादुर कटुवालले १२०९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा सावित्री सुनुवारले १२१४ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पक्षाइरहेका छन् । एमालेका उम्मेदवार शेरवहादुर सुनुवारले ११५६ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गंगा कार्कीले १०५६ मत प्राप्त गरेकी छिन् ।
यसैगरी गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसको तर्फवाट पालिकाको अध्यक्ष पदमा उम्मेदवार वनेका काजीवहादुर खड्का (दिनेश)ले ३९१८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार खडगवहादुर सुनुवारले पक्षाइरहेका छन् सुनुवारले ३५९७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेकी राधिका श्रेष्ठले ३४९९ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेकी उम्मेदवार उषादेवी कार्कीले ३३४६ मत प्राप्त गरेकी छिन् ।

यस्तै लिखु तामाकोशी गाउँपालिकामा नेकपा एमालले अग्रता लिएको छ । एमालेका उम्मेदवार कमलप्रसाद कडेरीयाले १५१७ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकै दिपा पाख्रिनले १५६६ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेदवारहरुले पक्षाइरहेका छन् । काँग्रेसका उम्मेदवार केशब महतले १४८९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा सरस्वती गुरुङले १२३७ मत प्राप्त गरेकी छिन् ।

यसैगरी दोरम्वा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । नेकपा माओवादी तर्फवाट उम्मेदवार वनेका मयन कुमार मोक्तानले १९६० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसको तर्फवाट उपप्रमुखमा उम्मेदवार वनेकी खमला थापामगरले १८७२ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पक्षाइरहेका छन् । एमालेवाट उम्मेदवार वनेका टंकप्रसाद चौलागाईले १९२९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकी मुना कँडेललले १८४४ मत प्राप्त गरेकी छिन् ।

यस्तै सुनापती गाउँपालिकामा पनि नेकपा माओवादीका उम्मेदवार ठुलोकान्छा तामाङले अग्रता लिएका छन् । उनले २८७३ मत प्राप्त गरेका छन् भने माओवादीकै उपप्रमुखमा गिता बिष्टले २८९४ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेदवारहरुले पक्षाइरहेका छन् । काँग्रेसका कमान खड्काले २४३७ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा काँग्रेसकै शान्ति मोक्तानले २६२१ मत प्राप्त गरेकी छिन् । अहिले पनि मतगणना जारी रहेको छ ।

जिल्लाको ८ वटा स्थानिय तहमध्ये खाँडादेवी गाउँपालिकामा वैशाख ३० गते नेकपा माओवादी र काँग्रेसका कार्यकर्ताहरु विच विवाद भएपछि खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । उक्त मतदान आज भइरहेकाले मतदान पछि मतगणना हुने मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box