गोकुलगंगा गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी

प्रदेश ३ समाज

रामेछाप — गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार छत्रबहादुर बस्नेत ७ सय १५ मतका साथ बिजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्दी एमालेका रामजी कार्कीले ६१९ मत पाएका छन् ।

  साथै गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार दिनेश खड्काले ७ सय ६५ र उपप्रमुखमा उषा कार्कीले ८ सय ३५ ल्याएका छन् । त्यस्तै गरी उनका निकतम प्रतिद्वन्दी एमालेका खड्ग सुनुवारले ६ सय ३७ र उपप्रमुख राधीका श्रेष्ठले ५ सय ६८ मत ल्याएका छन् ।

Facebook Comments Box