राकाथुम मतदान केन्द्रको मतदान स्थगित

प्रदेश ३ बिशेष समाज

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा रहेको क, ख र ग गरी तीनवटा बुथकाे मतदान प्रक्रिया स्थगित गरिएको छ ।

जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा मतदान शुरु हुनासाथ नेपाली काँग्रेस र नेकपा माओवादी पार्टीका कार्यकर्ताहरु बिच भएको विवाद कारण अहिले पनि मतदान प्रक्रिया अवरुद्ध भएको थियो । मतदान स्थलमा तनाव सिर्जना भएपछि प्रहरीले स्थिती नियन्त्रण लिन ७ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायर पछि स्थिती नियन्त्रणमा आएता पनि राजनितिक दल विच सहमती नमिल्दा त्यस मतदान केन्द्रको मतदान प्रक्रिया नै रद्ध हुन पुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकार शाहले जानकारी दिए ।

उनका अनुसार मतदान अवरुद्ध पछि पुनः मतदान प्रक्रिया सुचारु गर्न राजनितिक दलसँग वसेर सहमतीको प्रयास गर्दा पनि विवाद नमिलेपछि उक्त केन्द्रको मतदान प्रक्रिया स्थगित गर्न निर्वाचन आयोगमा परिपत्र गरिसकीएको छ । आयोगले उक्त मतदान केन्द्रमा कहिले मतदान गर्ने भन्ने बिषयमा परिपत्र गरेपछि पुनः मतदान गर्ने बिषयमा मिति टुङ्गो लाग्ने पनि अधिकृत शाहले बताए ।

Facebook Comments Box