रामेछापमा ४५ प्रतिशत मत खस्यो

प्रदेश ३ बिशेष समाज

रामेछाप । रामेछापमा ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम र मन्थली नगरपालिका–१२ गेलुको सिक्राल मतदान केन्द्रमा पार्टीका कार्यकर्ताहरु बिच भएको विवाद कारण अहिले पनि मतदान प्रक्रिया अवरुद्ध भएको छ । यसवाहेक सवै मतदान केन्द्रहरुमा अहिले सहज रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकार शाहले जानकारी दिए ।

उनका अनुसार मतदान प्रक्रिया अवरुद्ध भएको दुई वटा केन्द्रमा अहिले पनि उम्मेदवार र मतदान अधिकृत विच छलफल भइरहेकाले चाडै मतदान प्रक्रिया शुचारु हुने आशा निर्वाचन कार्यालयले लिएको पनि अधिकृत शाहले बताए ।

Facebook Comments Box