रामेछापमा ११ राउन्ड हवाई फाएर, चार मतदान केन्द्रमा मतदान राेकियाे

प्रदेश ३ बिशेष राजनीति समाज

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्दूमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बिच झडप भएको छ ।

दुई पार्टीका कार्यकर्ताहरु बिच झडप हुँदा प्रहरीले स्थितीलाई नियन्त्रण लिन ७ राउन्ड हवाई फाएर गरेको छ । अहिले उक्त मतदान केन्द्रमा मतदान स्थगीत भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङले जानकारी दिए । त्यसैगरी दोरम्वा शैलुङ्ग गाउँपालिकाको मानपुर मावि मतदान केन्द्रमा पनि दुई पक्षिय झडप हुँदा प्रहरीले स्थिती नियन्त्रण लिन १ राउण्ड हवाई फायर गरेको छ । सो मतदान केन्द्रमा पनि अहिले मतदान प्रक्रिया स्थगीत भएको छ ।

त्यस्तै मन्थली नगरपालिका–१२ गेलुको सिक्राल मतदान स्थलमा पनि झडप हुँदा प्रहरीले ३ राउन्ड हवाई फाएर गरेको छ । अहिले उक्त मतदान केन्द्रमा पनि मतदान प्रक्रिया स्थगित भएको छ । त्यसैगरी खाँडादेवी गाउँपालिका–५ पकरवास मतदान केन्द्रमा मतदाता को नाम नमिलेको भन्दै विवाद हुँदा अहिले उक्त केन्द्रको मतदान प्रक्रिया पनि स्थगित भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

 

Facebook Comments Box