कांग्रेसका उम्मेद्वार सुनुवारमाथि खुकुरी प्रहार

प्रदेश ३ राजनीति समाज स्वास्थ्य

रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिका ३ कँुबुकास्थलीका वडा अध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारलाई राष्ट्रिय प्रजातन्त्र पाट्रि नेपाल र नेकपा एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेको छ । खुकुरी प्रहार बाट घाइते भएका सुनुवारको वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा उपचार भइरहेको नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सम्शेर कार्कीले जानकारी दिए । खुकुरी प्रहार गर्ने मुख्य अभियुक्त पबित्र सुनुवार सहित केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्कीका अनुसार वडा अध्यक्ष समेत रहेका सुनुवारलाई राप्रपा र एमालेका कार्यकर्ताले पछाडिबाट झुक्याएर खुकुरी प्रहार गरेका थिए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय रामेछापका अनुसार दुबै पक्षका नेताहरु संग बसेर छलफल भइरहेको जनाएको छ ।

Facebook Comments Box