रामेछाप नगरपालिका ५ दिनको लागि बन्द

बिशेष समाज

रामेछाप । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि कार्यालयमा कार्यरत कर्मचारीहरु खटिएपछि रामेछाप नगरपालिकाले वैशाख २६ गते सोमवार देखी वैशाख ३० गतेसम्मका लागि रामेछाप नगरपालिकावाट प्रदान गरिने सवै सेवा सुविधाहरु बन्द रहने जनाएको    छ ।

रामेछाप नगरपालिकाले आइतवार एक सूचना सार्वजनिक गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरु स्थानिय तहको निर्वाचनमा खटिनुुको साथै स्थानिय तहको निर्वाचन पश्चात रामेछाप नगरपालिकाको भवनमा मतगणना समेत हुने भएकाले उक्त अवधिसम्म नगरपालिकाले प्रदान गर्दै आएको सवै सेवा सुविधाहरु बन्द रहेको जनाएको छ ।

Facebook Comments Box