नेपाली कांग्रेस मन्थलीे ११ को प्रतिबद्धताः खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा र सडक मुख्य प्राथमिकता

प्रदेश ३ राजनीति

रामेछाप । आसन्न स्थानीय तह निर्वाचनमा मन्थली नगरपालिका वडा नंं. ११ गेलु नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गनेश बहादुर बोहोराको प्यानलले खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा र सडक मुख्य प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

वडा अध्यक्षका उम्मेदवार बोहोराकोे प्यानलले वडाभित्रका सम्पूर्ण बस्तीहरुमा खानेपानीको व्यवस्था गरिदिने, वडाभित्रका मूख्य सडक बाहै्र महिना सञ्चालन हुने र मुख्य सडकहरु कालोपत्रे गर्ने बताएका छन् । त्यस्तै गरी कृर्षि तर्फ, कुखुरा, मासु, अण्डाजन्य उत्पादनमा वृद्धि गर्ने, किसानहरुको आर्थिक उपार्जनका लागि उन्नत जातको भैसी वितरण गरिदिने र सामुहिक बंगुर पालनलाई प्राथमिकतामा राखी अनुदानको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

सुत्केरी महिलालाई पोषण भत्ताको व्यवस्था गरिदिने र सामाजिक सुरक्षा गाउँमा नै ल्याएर समयमा नै वितरण गर्ने प्रतिबद्धता गरेका छन् । वडाभित्र रहेको सरकारी तथा गैरसरकारी संघसंस्थाको संरक्षण गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि अधिकतम बजेट तथा कार्यक्रमको व्यवस्था गन, खेल क्षेत्रको विकासको लागि वडामा रहेको युवा कल्वहरुलाई सक्रिय बनाउने र आवश्यक व्यवस्था गरिने बताएका छन् ।

साथै मानव अधिकार र सुशासनको क्षेत्रमा बिशेष काम गर्ने शान्त गेलु सुखी गेलु वासी बनाउने समेत अध्यक्ष बोहोराले प्रतिवद्धता जनाएको छ ।

Facebook Comments Box