भटौलीमा २ सय ५० जना कांग्रेसमा प्रबेश

प्रदेश ३ राजनीति समाज

रामेछाप । मन्थली नगरपालिका ७ भटौलीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार सहित २ सय ५० जना बिभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । मन्थली नगरपालिका ७ भटौलीमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार मनुकुमारी माझी सहित २ सय ५० जना नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।


नेकपा एमालेले यस अघि स्थानिय तहको निर्वाचनमा जित हात पारेको भएपनी वडामा कुनै परिवर्तन नआएको भन्दै यस पटक नेपाली कांग्रेसलाई सहयोग गर्ने बताए । पार्टी प्रबेश गर्दै उनीहरुले समाज रुपान्तरण नेपाली कांग्रेसले मात्र गर्ने बताए । नव प्रबेसीलाई नेपाली कांग्रेसका जिल्ला सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम)ले खादा लगाएर पार्टी प्रबेश गराएका हुन । उनीहरुलाई पार्टीमा स्वागत गर्दै सभापती कान्छारामले एमालेले झुटो आसामात्र बाडेर नागरीकलाई ५ बर्ष सम्म बन्दक बनाएको बताए ।

नेपाली कांग्रसले निर्वाचनमा पराजय भए पनी जनताको माझमा बोलेको कुरा पुरा गरेको तर कम्यिुनिष्टले जितेको भएपनी बोलेको बाचा कहिलै पुरा गर्न नसकेको भन्दै कांग्रेस र कम्यिुनिष्टमा आकाश पातलको फरक भएको बताए । सोहि क्रममा नेपाली कांग्रेसका तर्फ बाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरुले पनी ५ वर्षमा आफुहरुले बोलेको कुरा सबै पुरा गर्ने प्रतिवद्धता जनाउदै एक पटक आफुहरुलाई साथ दिन आग्रह गरे ।

Facebook Comments Box